कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
६५ पटक हेरिएको
Shares
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य

सारांश

  • सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले जिल्लामा हाल २१ हजार ३१ जना सूचीकृत मतदाता सक्रिय सदस्य बनेको जानकारी दिएका छन् ।
  • यसअघि जिल्लामा करिब ९ हजार सक्रिय सदस्य रहेका मध्येबाट ६ हजार जनाले मात्र सदस्यता अद्यावधिक गराएको उनको भनाई छ ।
  • सभापति साहले अनलाइन प्रणालीमार्फत १५ हजार ३१ जना सूचीकृत मतदाताले नयाँ सक्रिय सदस्यता लिएको जानकारी दिँदै सदस्यता अद्यावधिक नगर्ने केही व्यक्ति अन्य दलमा गएको हुन सक्ने तथा विभिन्न कारणले सदस्यता नवीकरण गर्न नसकेको बताए ।
दैनिक समाचारदाता
राजविराज, १० साउन । 
नेपाली कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य बनेका छन् ।
सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले जिल्लामा हाल २१ हजार ३१ जना सूचीकृत मतदाता सक्रिय सदस्य बनेको जानकारी दिएका छन् ।
यसअघि जिल्लामा करिब ९ हजार सक्रिय सदस्य रहेका मध्येबाट ६ हजार जनाले मात्र सदस्यता अद्यावधिक गराएको उनको भनाई छ ।
सभापति साहले अनलाइन प्रणालीमार्फत १५ हजार ३१ जना सूचीकृत मतदाताले नयाँ सक्रिय सदस्यता लिएको जानकारी दिँदै सदस्यता अद्यावधिक नगर्ने केही व्यक्ति अन्य दलमा गएको हुन सक्ने तथा विभिन्न कारणले सदस्यता नवीकरण गर्न नसकेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरीका केन्द्रीय पर्यवेक्षक रामपलटन साहले पार्टीले अनलाइनमार्फत सदस्यता अभियान सञ्चालन गर्दा १५ हजारभन्दा बढी नयाँ सदस्य आबद्ध हुनु कांग्रेसप्रति जनविश्वास र लोकप्रियता अझै कायम रहेको संकेत भएको जिकिर गरे ।
यस्तै पार्टीका केन्द्रीय सदस्य तथा निर्वतमान प्रतिनिधि सभ सदस्य दिनेश कुमार यादवले पनि पार्टीभित्र कुनै विवाद नभएको र जिल्ला तहमा सबै नेता कार्यकर्ताहरु एक जुटभई अघि बढेको उल्लेख गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?