माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 

राजविराज राजविराज
|
सोमबार, मंसिर २२, २०८२
|
|
५७ पटक हेरिएको
Shares
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 

सारांश

  •     राती ९ बजेतिर बा.
  • प्रदेश–१–००६ ख.
  • ८९९६ नम्बरको माइक्रोबस रुखमा ठोक्किएको हो ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।  

    राजविराज ४ स्थित मेनरोडमा आइतबार राती एउटा माइक्रोबस अनियन्त्रित भई पसल अगाडीको रुखमा ठोकिएको छ । 
    राती ९ बजेतिर बा.प्रदेश–१–००६ ख.८९९६ नम्बरको माइक्रोबस रुखमा ठोक्किएको हो । यद्दपी दुर्घटना हुँदा कुनै मानविय क्षति भने भएन् ।  
    तिब्र गतिमा रहेको सो गाडीमाथी चालकले नियन्त्रण गुमाउँदा नजिकै रहेको सागर टेलर्सको पसल भवनमा ठोकिएको थियो । पसलको सिढी तथा नजिकै रहेको रुखमा ठोकिएर अड्किन पुग्यो । दुर्घटनामा पसल भवन र गाडीमा क्षति पुगेको छ । 
    दुर्घटनामा पहिचान खुल्न बाँकी रहेका चालक सामान्य घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनी फरार भएको तथा खोजिकार्य भइरहेको प्रहरी निरिक्षक बिजय कार्कीले बताए । 
    यसैबीच घरधनी संजिव नायकले सोमबार पसल र भवनमा पुगेको क्षति वापतको रकम सम्बन्धीत माइक्रोबस धनीबाट उपलब्ध गराईदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् । 
    ठक्कर दिने गाडी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?