मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण

राजविराज राजविराज
|
बिहिबार, माघ १, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण

सारांश

  •     हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीले राजविराजस्थित राजदेवी मन्दिरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण लगायतका कार्यक्रम गरी मकर संक्रान्ति पर्व मनाएका छन् ।
  • सो अवसरमा भक्तजनका साथै ठूलो संख्यामा साधु, सन्त सहमागी भए ।
  •       हिन्दु धर्म संस्कृती, संस्कार, परम्परा तथा मुलुकको सर्वाङ्गिण विकास र उन्नतीका लागी विभिन्न गतिवीधी गर्दै आएको सो संस्थाले यसपटक मकर संक्रान्तिको अवसरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण कार्यक्रमको आयोजना गरेको संस्थाका केन्द्रिय सल्लाहकार भोगेन्द्र झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १ माघ । 

    मकर संक्रान्तिको अवसरमा विहिवार सप्तरीमा विविध कार्यक्रमहरु गरिएको छ । 
    हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीले राजविराजस्थित राजदेवी मन्दिरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण लगायतका कार्यक्रम गरी मकर संक्रान्ति पर्व मनाएका छन् । सो अवसरमा भक्तजनका साथै ठूलो संख्यामा साधु, सन्त सहमागी भए । 
    हिन्दु धर्म संस्कृती, संस्कार, परम्परा तथा मुलुकको सर्वाङ्गिण विकास र उन्नतीका लागी विभिन्न गतिवीधी गर्दै आएको सो संस्थाले यसपटक मकर संक्रान्तिको अवसरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण कार्यक्रमको आयोजना गरेको संस्थाका केन्द्रिय सल्लाहकार भोगेन्द्र झाले बताए । 
    यता नेपाल अग्रवाल सभा राजविराजले रामजानकी मन्दिर प्राङ्गनमा भण्डारा कार्यक्रमको आयोजना गरी गरिब, असहाय, शारिरीक रुपमा अशक्त, साधु सन्त तथा बृद्धबृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण सहित माघे संक्रान्ति पर्व मनाएका छन । 
    “मानव सेवा नै इश्वरको सेवा हो” भन्ने सन्देश सहित उक्त कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल सभाले जनाएको छ ।
    यस्तै राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरले पनि मकर संक्रान्तिको अवसर पारेर साधु–सन्तको भेला गराई मिष्ठान भोजन तथा भण्डाराको कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति पर्व मनाएका छन । 
    लामो समय पछि मौसम सफा भएकाले उक्त कार्यक्रमहरुमा भक्तजन तथा साधु–सन्तको उल्लेख्य सहभागिता देखिएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?