मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १५, २०७८
|
|
३८ पटक हेरिएको
Shares
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली

सारांश

  •     किशोर किशोरीको क्षमता विकास र अभिवृद्धिका लागी आयोजित आइकन अन्तरगत शनिवार राती अबेरसम्म चलेको ग्राण्ड फिनालेको आईतवार घोषित नजिता अनुसार प्रतियोगितामा पुरुष तर्फ माधव कुमार मिश्र द्वितीय र अफहान फरहान तृतिय भएका छन ।
  • यस्तै महिला तर्फ आँचल यादव द्वितीय र ग्रिसिका सुराना तृतिय भएकी छिन् ।
  •       रक्षा मिडिया हाउस प्रालि काठमाडौंको समन्वय तथा लायन्स क्लब अफ राजविराज सिटीको आयोजनामा संचालित प्रतियोगितामा फाईनलका लागी १७ जनाको छनौट गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
    राजविराजमा आयोजित मिस्टर एण्ड मिस सप्तरी कलेज आईकन (सौन्दर्य प्रतियोगिता) २०२२ मा पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले उपाधी हात पारेकी छिन् । 
    किशोर किशोरीको क्षमता विकास र अभिवृद्धिका लागी आयोजित आइकन अन्तरगत शनिवार राती अबेरसम्म चलेको ग्राण्ड फिनालेको आईतवार घोषित नजिता अनुसार प्रतियोगितामा पुरुष तर्फ माधव कुमार मिश्र द्वितीय र अफहान फरहान तृतिय भएका छन । यस्तै महिला तर्फ आँचल यादव द्वितीय र ग्रिसिका सुराना तृतिय भएकी छिन् । 
    रक्षा मिडिया हाउस प्रालि काठमाडौंको समन्वय तथा लायन्स क्लब अफ राजविराज सिटीको आयोजनामा संचालित प्रतियोगितामा फाईनलका लागी १७ जनाको छनौट गरिएको थियो । 
    प्रतियोगिहरु सँग निर्णायक समितीद्वारा लिइएको अन्र्तवार्ता, वाककला, प्रश्नोत्तर, ब्यक्तित्व, प्रतिभा र कला प्रस्तुतीको आधारमा विजेताको चयन गरिएको रक्षा मिडीया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले जानकारी दिए । 
    विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ३२५ एफका फस्ट गर्भरन शिव कुमार कटवाल, लायन्स क्लब अफ राजविराज सिटीका अध्यक्ष अरुण कुमार प्रधान, तिलाठी कोइलाठी गाउँपालिकाका प्रमुख शतिस सिंह, निर्णायक समितीका कैलाश खाकी श्रेष्ठ लगायतले ताजसहित क्राउन, प्रमाण पत्र र उपहारबाट सम्मानित गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?