सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
६२ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी तालिम शिक्षालयको उद्घाटन

सारांश

  •     महानिरिक्षक अर्यालले शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न.
  • २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् ।
  •       सो अबसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।

दैनिक  समाचारदााता
राजविराज, १४ भदौ । 

    सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सप्तरीमा तालिम शिक्षालयको उद्घाटन गरेका छन् । 
    महानिरिक्षक अर्यालले शुक्रबार सप्तरीको कन्चनरुप नगरपालिका वार्ड न. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् । 
    सो अबसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक सहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।  
    बिपद ब्यबस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ति स्थापना सम्बन्धी तालिमहरु संचालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अबदेखी बिशेष प्रक्रितीका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उनको भनाई छ । 
    एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवं वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा संचालन गरिने महनिरिक्षक अर्यालले बताए । 
    उद्घाट्न कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान काठमाडौंका सशस्त्र  प्रहरी नायब महानिरिक्षक कमल गिरीले स्वागत मन्तब्य, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मन्तब्य र शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक दिग बिजय सुबेदीसमेतको उपस्थिति रहेको थियो ।
    उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त बिभिन्न कार्यदेशहरुको सम्पादन प्रभाबकारी एबं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग बिजय सुबेदीलाई महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरिक्षक प्रशंसाद्वारा बिभुषित गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैको साथ र सहयोग लिएर अघि बढने
सबैको साथ र सहयोग लिएर अघि बढने
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु