प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव

राजविराज राजविराज
|
शनिबार, आषाढ १२, २०७८
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव

सारांश

  •     शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री बिरुद्ध सशक्त प्रतिकार आवश्यक रहेको बताएका हुन् ।
  •   प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आउनु र जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई दुखई पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए ।
  • उनले २०४७ को संविधानलाई ब्युताउने प्रयत्न समेत प्रधानमन्त्रीबाट सुरु भएको आरोप पनि लगाउ ।

दैनिक समाचारदाता
राजविराज, १२ असार । 
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।
    शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री बिरुद्ध सशक्त प्रतिकार आवश्यक रहेको बताएका हुन् । 
प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आउनु र जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई दुखई पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए । उनले २०४७ को संविधानलाई ब्युताउने प्रयत्न समेत प्रधानमन्त्रीबाट सुरु भएको आरोप पनि लगाउ । 
    पुर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रतिगमनको प्रयासलाई असफल नबनाएसम्म आफुहरुले बनाएको दलीय गठबन्धन कायमै रहने समेत जानकारी दिदै प्रतिगमनकारी कदम पराजित नभएसम्म विश्राम नलिने उदघोष पनि गरे । 
संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने काम नै प्रतिगमनकारी कार्य रहेको जिकिरका साथ यादवले अहिले संघीयतालाई कमजोर पार्ने, संसदलाई समाप्त पार्ने काम त्यसकै लागि भईरहेको स्पष्ट पारे । 
कार्यक्रममा ९ थान अक्सिजन कन्सन्ट्रेटर, ७० काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न