दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव प्रभुनारायण चौधरीसहित जिल्लाका चार मध्ये तीन क्षेत्रिय सभापतिसमेतले नवगठित नेवि संघ र तरुण दलको जिल्ला समिति विघटनको माग गर्दै पार्टीको केन्द्रिय समितिमा पत्रचार गरेका छन् ।
केही दिन अघि काँग्रेसका जिल्ला सभापति रामदेव साहले नेवि संघ र तरुण दलको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको नामावलीसहित सार्वजनिक गरेपछि ती समिति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै काँग्रेसको केन्द्रिय समितिलाई पत्राचार गरिएको बुधबार जारि विज्ञप्तिमा उल्लेख छ ।
क्षेत्र नं. १ का सभापति ललनप्रसाद गुप्ता, क्षेत्र नं. २ सभापति महानन्द प्रसाद यादव र क्षेत्र नं. ३ का सभापति भुपेन्द्र नारायण यादवसमेतको हस्ताक्षरतमा पठाइएको उक्त पत्रमा जिल्ला सभापति साहले पार्टी विधान विपरित उक्त निर्णय गरेको दाबी गर्दै नवगठित नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको जिल्ला कमिटि कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेश, नेवि संघ र नेपाल तरुण दलको केन्द्रिय समितिलाई समेत बोदार्थ दिइएको उक्त पत्रमा जिल्ला कार्य समितिको बहुमतलाई पाखा लगाई सभापति साहले अल्पमतकै आधारमा आसेपासेलाई भातृ संगठनको नवगठित जिल्ला समितिमा राखेर एकलौटी र तानाशाही शैलीले निर्णय गरेको उल्लेख छ । सभापति साहको उक्त निर्णय पार्टीको विधिी विधानको उलंघन मात्र नभई पार्टी संगठनलाई नै कमजोर बनाउने भन्दै पत्रमार्फत उक्त निर्णय अनुमोदन नगर्न केन्द्रिय समितिसँग माग गरिएको छ ।
पार्टी अहितमा गरिएको उक्त निर्णय सच्याउन तत्काल केन्द्रिय समितिबाट आवश्यक पहल नगरिए बाध्य भई अर्को बाटो रोज्ने र यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवार केन्द्रिय समिति र जिल्ला समितिको सभापति नै हुने पत्रमा उल्लेख गरिएको छ ।
यता जिल्ला सभापति साहले विधान बमोजिम नै पार्टी भातृ संगठनहरु गठन गरिएको दाबी गरेका छन् ।
नेवि संघ र तरुण दलको नवगठित समिति विघटन गर्न भन्दै पत्राचार
सारांश
- केही दिन अघि काँग्रेसका जिल्ला सभापति रामदेव साहले नेवि संघ र तरुण दलको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको नामावलीसहित सार्वजनिक गरेपछि ती समिति कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै काँग्रेसको केन्द्रिय समितिलाई पत्राचार गरिएको बुधबार जारि विज्ञप्तिमा उल्लेख छ ।
- क्षेत्र नं.
- १ का सभापति ललनप्रसाद गुप्ता, क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया