स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने

सारांश

  •     संघले मंगलबार पत्रकार सम्मेलन गरि हिन्दु धर्म, संस्कृति र साहित्यका प्रवर्तक स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आगामी फागुन १७ गते शनिबारका दिन एक हजार भन्दा बढी विद्यार्थीको सहभागीतामा सो ज्ञान प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको छ ।
  •       पत्रकार सम्मेलनमा शाखा प्रमुख एवं संघ चालक भोगेन्द्र झाले स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आयोजना हुने सो प्रतियोगितामा जिल्लाका ६० निजी तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १ हजार २ सय विद्यार्थीको सहभागीता रहने जानकारी दिए ।
  •       ५० वटा बहुबैकल्पिक प्रश्नहरु समावेश गरी संचालन हुने प्रतियोगितामा प्रथम स्थान ल्याउनेलाई नगद सहित ११ हजार १, द्वितीय हुनेलाई ७ हजार १, तृतीय हुनेलाई ५ हजार १ तथा १० जनालाई सान्तवना पुरस्कार स्वरुप जनही ५ सय १ र सम्मान पत्र प्रदान गरिने शाखा प्रमुख झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    हिन्दु स्वय सेवक संघ नेपाल शाखा सप्तरीले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०७६” को आयोजना गर्ने भएको छ । 
    संघले मंगलबार पत्रकार सम्मेलन गरि हिन्दु धर्म, संस्कृति र साहित्यका प्रवर्तक स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आगामी फागुन १७ गते शनिबारका दिन एक हजार भन्दा बढी विद्यार्थीको सहभागीतामा सो ज्ञान प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको छ । 
    पत्रकार सम्मेलनमा शाखा प्रमुख एवं संघ चालक भोगेन्द्र झाले स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आयोजना हुने सो प्रतियोगितामा जिल्लाका ६० निजी तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १ हजार २ सय विद्यार्थीको सहभागीता रहने जानकारी दिए । 
    ५० वटा बहुबैकल्पिक प्रश्नहरु समावेश गरी संचालन हुने प्रतियोगितामा प्रथम स्थान ल्याउनेलाई नगद सहित ११ हजार १, द्वितीय हुनेलाई ७ हजार १, तृतीय हुनेलाई ५ हजार १ तथा १० जनालाई सान्तवना पुरस्कार स्वरुप जनही ५ सय १ र सम्मान पत्र प्रदान गरिने शाखा प्रमुख झाले बताए । 
    सप्तरी जिल्लामा तेस्रो पटक उक्त प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिदै उनले युवा विद्यार्थीहरुमा अनुशासन, ईमान्दारिता, राष्ट्रिय भावनाको विकास तथा हिन्दु धर्म संस्कृति र साहित्यको रक्षा गर्न अभिप्रेरित गर्ने उद्देश्यले प्रत्येक वर्ष स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा संस्कृति ज्ञान प्रतियोगिता तथा अन्य विविध कार्यक्रमको आयोजना गर्दै आएको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ