दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले किटनाशक औषधी छर्कने क्रममा सोमबार राजविराज ९ मलेठमा राजविराज नगरपालिकाको टिपर तोडफोड तथा पार्टीका यूवा नेतालाई ज्यान मार्ने हमलाका घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राजपा सप्तरीका संयोजक हरेराम यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा समाजवादी पार्टीका नेता भिमराज यादवका छोराहरु न्युटन यादव, विलियम यादव, भतिजा सरोज यादव (कारी), कपिलदेव यादव (ललित), गौतम बर्मालगायतकाले सार्वजनिक सम्पत्तिलाई तोडफोड गर्नुका साथै राजपाका यूवा नेता रामजी यादवसहित उनका सम्पूर्ण परिवारलाई घरमा छिरि गालिगलौज, अपहरण तथा ज्यान मार्ने हमला र धम्की दिएको घटनालाई गम्भिरतापूर्वक लिएको जनाइएको छ ।
विज्ञप्तिमा विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीबाट पीडित रहेको मानव समाजलाई लकडाउनको सामना गर्न परिरहेको अवस्थामा हुल हुजत गरि सार्वजनिक सम्पत्ति तोडफोड, गालिगलौज, ज्यान मार्ने हमला र ज्यान मार्ने धम्की दिनेहरुलाई राज्यपक्षले छानबिन गरि कानुन अनुसार दोषिहरुमाथी अविलम्ब कारवाहीका लागि माँग गरिएको छ ।
यसअघि सोमबार साँझ स.१ग.३३ नं को टिपरलाई राजविराज वडा नं. ९ स्थित मलेठमा तोडफोड गरिएको थियो । तोडफोडबाट टिपरको अगाडीको सिसा पूर्ण रुपले फुटेको चालक बिजय देवले जानकारी दिएका छन् ।
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
सारांश
- राजपा सप्तरीका संयोजक हरेराम यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा समाजवादी पार्टीका नेता भिमराज यादवका छोराहरु न्युटन यादव, विलियम यादव, भतिजा सरोज यादव (कारी), कपिलदेव यादव (ललित), गौतम बर्मालगायतकाले सार्वजनिक सम्पत्तिलाई तोडफोड गर्नुका साथै राजपाका यूवा नेता रामजी यादवसहित उनका सम्पूर्ण परिवारलाई घरमा छिरि गालिगलौज, अपहरण तथा ज्यान मार्ने हमला र धम्की दिएको घटनालाई गम्भिरतापूर्वक लिएको जनाइएको छ ।
- विज्ञप्तिमा विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीबाट पीडित रहेको मानव समाजलाई लकडाउनको सामना गर्न परिरहेको अवस्थामा हुल हुजत गरि सार्वजनिक सम्पत्ति तोडफोड, गालिगलौज, ज्यान मार्ने हमला र ज्यान मार्ने धम्की दिनेहरुलाई राज्यपक्षले छानबिन गरि कानुन अनुसार दोषिहरुमाथी अविलम्ब कारवाहीका लागि माँग गरिएको छ ।
- यसअघि सोमबार साँझ स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया