सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह

सारांश

  •     गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए ।
  • उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
  •     बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो ।
    गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
    बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।
    गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत संजिव महतोले बाल बिवाहबाट हुने असर र यसबाट पर्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराए । 
    सन् २०३० सम्म बालबिवाह न्युनीकरण गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी गराउँदै महतोले त्यही विषयमा सहभागीहरुसँग छलफल भएको जानकारी दिए ।
    सेभ द चिल्ड्रेन, जिल्ला समन्वय समिति सप्तरी, सवल नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका उपप्रमुख र महिला विकास अधिकृत सहित ६५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?