गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०७५
|
|
६९ पटक हेरिएको
Shares
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 

सारांश

  •     मंगलवार सप्तरीको रूपनी गाउपालिका २ पौवास्थित जेसिज आधारभुत बिद्यालयमा प्रअ र ब्यबस्थापन समितिका अध्यक्षको मिलोमतोमा शिक्षक नियुक्ति गरेको भन्दै ब्यबस्थापन समितिका तीन जना सदस्यले पत्रकार सम्मेलन गरि सो खारेजको माँग गरेका हुन् ।
  •     आयोजित पत्रकार सम्मेलनमा ब्यबस्थापन समितिका सदस्यहरू बद्री यादब, सीता देबी यादब र रामेश्वर प्रसाद यादबले बिद्यालयका प्रअ सत्य नारायण मण्डल र ब्यबस्थापन समितिका अध्यक्ष देब नारायण यादबको मिलोमतोमा आर्थिक चलखेल गरि शिक्षक नियुक्ति गरेको आरोप लगाएका छन् ।
  •     बिद्यालय ब्यबस्थापन समितिको निर्णय बिना नै घरघरमै गएर केही सदस्यहरूसँग हस्ताक्षर गरि राहत शिक्षकमा २०७५ असार २२ गते तेज नारायण यादबलाई नियुक्ती गरेको ब्यबस्थापन समितिका सदस्य सीता देबीले आरोप लगाइन् ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 
    जेसिज आधारभुत बिद्यालयमा गैर कानुनी रूपमा राहत शिक्षक भर्ना गरेको भन्दै ब्यबस्थापन समितिले शिक्षकको खारेजको माग गरेको छ ।
    मंगलवार सप्तरीको रूपनी गाउपालिका २ पौवास्थित जेसिज आधारभुत बिद्यालयमा प्रअ र ब्यबस्थापन समितिका अध्यक्षको मिलोमतोमा शिक्षक नियुक्ति गरेको भन्दै ब्यबस्थापन समितिका तीन जना सदस्यले पत्रकार सम्मेलन गरि सो खारेजको माँग गरेका हुन् ।
    आयोजित पत्रकार सम्मेलनमा ब्यबस्थापन समितिका सदस्यहरू बद्री यादब, सीता देबी यादब र रामेश्वर प्रसाद यादबले बिद्यालयका प्रअ सत्य नारायण मण्डल र ब्यबस्थापन समितिका अध्यक्ष देब नारायण यादबको मिलोमतोमा आर्थिक चलखेल गरि शिक्षक नियुक्ति गरेको आरोप लगाएका छन् ।
    बिद्यालय ब्यबस्थापन समितिको निर्णय बिना नै घरघरमै गएर केही सदस्यहरूसँग हस्ताक्षर गरि राहत शिक्षकमा २०७५ असार २२ गते तेज नारायण यादबलाई नियुक्ती गरेको ब्यबस्थापन समितिका सदस्य सीता देबीले आरोप लगाइन् ।
    ब्यबस्थापन समितिका अध्यक्ष देब नारायण यादबले नाता पर्ने सम्धीका छोरालाई राहत शिक्षकमा नियुक्ती गर्न प्रअ सुर्य नारायण मण्डलले आर्थिक लोभ र नीजि स्वार्थ पूरा गराउन गरेको अबैधानिक नियुक्तीले बिद्यालयको शैक्षिक वातावरण समेत बिग्रिएकोले नियुक्ती खारेज गरि पुनः बिज्ञापन गरी नयाँ शिक्षक भर्ना गर्नुपर्ने उनीहरुले माँग गरेका छन् ।
    बिद्यालयले एक जना राहत शिक्षकका लागि २०७४ श्रावण १० गते बिज्ञापन निकालेपछि १४ जनाले आबेदन दिएपनि अध्यक्ष देव नारायणले आप्mनो मान्छे नियुक्ती गर्न झन्डै एक बर्ष पछि २०७५ जेष्ठ २५ गते परीक्षा लिएको पत्रकार सम्मेलनमा वितरण गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
    बिज्ञप्तीमा जेष्ठ २५ गते तोकिएको परीक्षा राजबिराज ६ केन्द्रमा ११ वजे निर्धारित समय तोकिएको समय भन्दा तीन घण्टा ढिलो परीक्षा संचालन भएपछि समितिका सदस्यहरू बद्री यादब, सीता देबी यादब, रामेश्वर प्रसाद यादबले धाँधलीको आभाष भएपछि तत्काल परिक्षा रोक्न माँग गरेको उल्लेख छ ।
    शिक्षक छनौटका लागि ६ लाख रकम लिएको सुनेपछि रकमको चलखेल र धाँधली गरि तेज नारायण यादबलाई मौखिकमा उतिर्ण गराएर पछि भोली पल्टै २०७५ जेष्ठ २७ गते बिद्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरिएको सदस्य बद्रीले जानकारी दिए ।
    २०७५ असार २२ गते देखि बिद्यालयको हाजरीमा अनुपस्थित रहेका प्रअ सुर्य नारायण मण्डलले एकै दिन २२ गते नै शिक्षक छनौट समितिको सिफारिस, बिद्यालय समितिको बैठक र तेज नारायणको नियुक्ती गरेको आरोप लगाइएको छ ।
    २०७५ असार २४ देखि श्रावण २७ सम्म बर्षे बिदापछि २७ गते गरिएको तालाबन्दी जबजस्ती फुटाएर नियमित हाजरी भन्दा छुटै हाजरी रजिष्टर खडा गरि तेज नारायणलाई हाजरी गराईएको मितिमा प्रअ तेज नारायण स्कुलमा अनुपस्थित रहेको आरोप समेत लगाइएको छ । 
    यता अबैधानिक समितिले लिएको शिक्षक नियुक्ति र परिक्षा रद्द गर्नुपर्ने, धाँधली गरि नियुक्ति गरिएको शिक्षकलाई हटाउनुपर्ने, सुचना माँग गरिएपनि सुचना नदिएको प्राध्यापक सुर्य नारायण मण्डल उपर कारवाही गर्नुपर्ने सहितको माँग सम्बोधन नभएमा आन्दोलन गर्ने बिज्ञप्तिमा उल्लेख छ ।
    यसैबीच रूपनी गाँउपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख चन्द्र भूषण राईले नियुक्ती प्रक्रियामा बिद्यालय ब्यबस्थापन समिति बिच बिवाद कारण एक अर्काले आरोप प्रत्यारोपले चलिरहेको बताए ।
    यस्तै रूपनी गाँउपालिका अध्यक्ष हरेराम यादबले सबै प्रक्रिया पूरा गरेर शिक्षक नियुक्ती गरेको दाबी गरेका छन् ।
    बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरूले शिक्षक नियुक्तीमा अनियमितताको कारबाही लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले शिक्षा बिकास समन्वय ईकाईलाई कारवाहीका लागि सिफारिस समेत गरेको थियो ।
    आयोगको पत्रको आधारमा शिक्षाले २०७५ अषाठ १७ गते रूपनी गाँउपालिकालाई कारवाहीको लागि पत्र लेखिएपनि अहिले सम्म कुनै कारवाही नगरेको व्यवस्थापन समितिका तीन सदस्यको आरोप छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य  चौकीमा नियमित कर्मचारी आउँदैनन्
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य  चौकीमा नियमित कर्मचारी आउँदैनन्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
दण्ड प्रणाम गर्दै पूजाघाट 
दण्ड प्रणाम गर्दै पूजाघाट 
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
प्रतिबन्धित २५ किलो गाजा बरामद
प्रतिबन्धित २५ किलो गाजा बरामद