कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
२३ पटक हेरिएको
Shares
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए

सारांश

  •     राजविराज कारागारको अवस्था तथा कैदी बन्दीहरुको समस्या बुझ्न बिहीबार कारागार पुगेकी प्रदेश २ की आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णलाई कारागार प्रशासनले सो समस्या बताएको हो ।
  •       कारागार कार्यालय सप्तरीको दुई विगहा ८ कठ १६ धुर क्षेत्रफल जमिन कारागारको नाममा रहेपनि १ विगहा १ कठ ९ धुर जग्गा अतिक्रमणमा परेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागारका जेलर सुमन कोइरालाले राज्य मन्त्री कर्णलाई जानकारी दिएका छन् ।
  •       उनले कारागार स्वामित्वकै जग्गामा चारैतिर मानिसले अतिक्रमण गरि घर बनाएको कारण सुरक्षा चुनौती थप पेचिलो बनेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    राजविराज कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिएको छ । 
    राजविराज कारागारको अवस्था तथा कैदी बन्दीहरुको समस्या बुझ्न बिहीबार कारागार पुगेकी प्रदेश २ की आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णलाई कारागार प्रशासनले सो समस्या बताएको हो । 
    कारागार कार्यालय सप्तरीको दुई विगहा ८ कठ १६ धुर क्षेत्रफल जमिन कारागारको नाममा रहेपनि १ विगहा १ कठ ९ धुर जग्गा अतिक्रमणमा परेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागारका जेलर सुमन कोइरालाले राज्य मन्त्री कर्णलाई जानकारी दिएका छन् । 
    उनले कारागार स्वामित्वकै जग्गामा चारैतिर मानिसले अतिक्रमण गरि घर बनाएको कारण सुरक्षा चुनौती थप पेचिलो बनेको बताए । उनले जिर्ण भवनको सानोतिनो मर्मत गर्न, खाद्यान्न, औषधी, खानेपानीका उपकरण लगायतका विभिन्न काममा भएको खर्चले लाखौं रुपैया कारागारले विभिन्न व्यापारी तथा फर्मलाई भुक्तानी दिनुपर्ने बाँकी रहेको समेत बताए ।
    सरकारबाट उपलब्ध गराइएको बजेटबाट अपुग भएका कारण विभिन्न शिर्षकमा लाखौं रुँपैया कारागारमाथी ऋणै रहेको उनले राज्य मन्त्री कर्णलाई जानकारी गराए । 
    यता तीन वटा ब्लक गरि एक सय २५ कैदी बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ६७ कैदी बन्दी कोचाकोच गरि राखिएकोमा तिनीहरुका लागि ७ वटा मात्र शौचालय रहेका छन् ।  सोही क्रममा कारागार भित्र रहेका ट्युबेलको घरमा पिउने पानी भर्ने, नुहाउने र लुगाधुने लगायतका काम गर्नुपर्ने भएकाले त्यहा पनि लाइन बस्नुको विकल्प नरहेको कैदी बन्दीहरुको गुनासो थियो ।
    यता अति नै पुरानो भवन रहेका कारण जिर्ण यस कारागारमा पानी चुहिने समेत समस्या वर्षौ अघिदेखी रहेको छ भने सिसि क्यामरा र जेनरेटर नहुँदा सुरक्षा जोखिम समेत बढेको कारागार प्रशासनको भनाई छ । 
    यस्तै जेलर कोइरालाले कारागारका दुई सुरक्षा पोष्ट र चामल राख्ने गोदाम कुनै बेला पनि भत्किने अवस्थामा रहेको बारे मन्त्री कर्णलाई ध्यानाकर्षण गराए ।
    राज्यमन्त्री कर्णले प्रदेश २ अन्तरगतका ६ वटा कारागारको अवस्था सुधारका लागि प्रदेश सरकारले प्रयास थालेको र यसै क्रममा कारागारको अवस्था बुझ्नका लागि राजविराजबाटै सुरुवात गरेको बताईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता