दैनिक समाचारदाता
राजविराज, २६ असार ।
विभिन्न निर्माण काम गरेवापतको रकम भुक्तानी नपाएपछी उपभोक्ता सिमिति तथा निर्माण व्यवसायीहरुले मंगलबार पनि राजविराज नगरपालिकामा तालाबन्दीका साथै धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सोमवारदेखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा वसेका उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुले मंगलवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायीक भवन लगायत विभिन्न योजनाको काम गरेवापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
उपभोक्ता समितीका अध्यक्ष मध्येका एक विनोद कुमार यादवले दुई दिन देखी आफुहरु आन्दोलनमा वस्दा पनि नगरपालिकाका पदाधिकारीहरुले कुनै चासो नदेखएको गुनासो गरे । आफुहरुले काम गरेवापतको रकम भुक्तानी पाउने पर्ने एक सुत्रिय मागका साथ आन्दोलनमा उत्रिएका उनीहरुले यस्तै वेवास्ता गरिराख्ने हो भने अनसनमा उत्रिने समेत चेतावनी दिएका छन् ।
भुक्तानीको अन्तिम समय आईतबार मध्यराती सम्म भुक्तानी नभएका कारण नगरपालिका मार्फत गरिएका काम मध्ये करिब १० करोड भन्दा बढीको भुक्तानी बाकी रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
यता दुई दिन देखी नगरपालिका कार्यालय बन्द गरी धर्ना दिइदा नगरपालिकामा विभिन्न कामले आएका सेवाग्राही भने निराश भई फर्किने गरेका छन् ।
भुक्तानी नपाएपछि राविनपामा दोश्रो दिन पनि तालाबन्दी र धर्ना जारी
सारांश
- सोमवारदेखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा वसेका उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुले मंगलवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
- नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायीक भवन लगायत विभिन्न योजनाको काम गरेवापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
- उपभोक्ता समितीका अध्यक्ष मध्येका एक विनोद कुमार यादवले दुई दिन देखी आफुहरु आन्दोलनमा वस्दा पनि नगरपालिकाका पदाधिकारीहरुले कुनै चासो नदेखएको गुनासो गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया