रामनवमीमा स्व. सिंहको सम्झना

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
४५ पटक हेरिएको
Shares
रामनवमीमा स्व. सिंहको सम्झना

सारांश

  •     लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिंहको ९४ औं जन्म जयन्तिका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण तथा विचार गोष्ठीको आयोजना गरेको छ ।
  •       जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, महिला नेतृ साधना झा, सीताराम मण्डल, उषा मण्डल लगायतले मधेशी अधिकारका लागि संगठित अभियान चलाएर सिंहले गरेको योगदान अविस्मरणिय रहेको उल्लेख गरे ।
  •       यस्तै उनको सम्झनामा लोसपाले साँझ दिप प्रज्ववलन कार्यक्रम समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    नेपाल सद्भावना पार्टीका संस्थागत अध्यक्ष एवं मधेशी अधिकारका लागि संगिठत अभियानका नेतृत्व गरेका स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको जन्म जयन्ति बिहीबार मनाइएको छ । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिंहको ९४ औं जन्म जयन्तिका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण तथा विचार गोष्ठीको आयोजना गरेको छ । 
    जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, महिला नेतृ साधना झा, सीताराम मण्डल, उषा मण्डल लगायतले मधेशी अधिकारका लागि संगठित अभियान चलाएर सिंहले गरेको योगदान अविस्मरणिय रहेको उल्लेख गरे । 
    यस्तै उनको सम्झनामा लोसपाले साँझ दिप प्रज्ववलन कार्यक्रम समेत गरेको छ । स्थानिय गजेन्द्र चौकमा दिप प्रज्ववलन गरेर उनलाई सम्झे । 
    यसअघि बिहीबारै जसपाका यूवा नेता एवं हनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान नगर प्रमुख शैलेश कुमार साहको अगुवाईमा नेता सिंहको शालिकमा माल्यार्पण, सरसफाई तथा मधेश आन्दोलनमा स्व. सिंहको योगदान विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । 
    हनुमाननगरको मुख्य बजार क्षेत्रमा स्थापना गरिएको शालिकमा माल्यार्पण पश्चात् आयोजित विचार गोष्ठीका सहभागिहरुले उनको राजनीतिक योगदानको सम्झना गरे । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको बि.स. १९८५ सालमा रामनवमीकै दिन जन्म भएको थियो । प्रत्येक वर्ष उनका अनुयायीहरुले रामनवमी कै दिन विभिन्न कार्यक्रमको आयोजना गरि उनको जन्म जयन्ति मनाउँदै आएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालकको मृत्यु
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते