चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २१, २०८१
|
|
२० पटक हेरिएको
Shares
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै

सारांश

  •     गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भिषण आगलागि हुँदा त्यहाका ४६ परिवारको घर जलेर खरानी भएको थियो ।
  •       आगलागिमा उनीहरुको सर्वस्व गुमेपछि उनीहरुको आहतमा राहतका लागि सहयोगि हातहरु बढ्न थालेका छन् ।
  •       यसैक्रममा अग्निपीडित परिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट शुक्रबार विभिन्न राहत सामग्री प्रदान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 

    चिम्टी अग्निपीडितलाई शुक्रबार विभिन्न संघसंस्थाले राहत प्रदान गरेका छन् । 
    गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा भिषण आगलागि हुँदा त्यहाका ४६ परिवारको घर जलेर खरानी भएको थियो । 
    आगलागिमा उनीहरुको सर्वस्व गुमेपछि उनीहरुको आहतमा राहतका लागि सहयोगि हातहरु बढ्न थालेका छन् । 
    यसैक्रममा अग्निपीडित परिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट शुक्रबार विभिन्न राहत सामग्री प्रदान गरिएको छ ।
    प्रत्येक परिवारलाई एक एक थान लुंगी, साडी, तन्ना, झुल, भेष्ट, पेन्ट राहत स्वरुप प्रदान गरिएको हो ।
    त्यस्तै प्रतिपरिवार चामल १० केजी, दाल २ केजी, नुन र चिनी १÷१ केजी भूजा ३ केजी, स्कुल ब्याग, गन्जी, कट्टु लगायतका राहत सामग्री वितरण गरिएको नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाले जानकारी दिएका छन् ।
    संघका केन्द्रिय कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, महासचिव बोधकृष्ण सुबेदी, संघका उदयपुरकी अध्यक्ष श्रीमती करुणा झा लगायतले अग्निपीडितहरुलाई राहत वितरण गरेको उनले बताए । 
    यसैगरी नेपाल मुस्लिम समाज सेवा सप्तरीले पनि शुक्रबारै अग्निपीडितहरुलाई हन्डी, कराही, डाडु, बाल्टीन, जग, ग्लास, प्लेट, चम्चा लगायतका राहत सामग्री वितरण गरेको नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए