मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 

राजविराज राजविराज
|
शनिबार, श्रावण १८, २०७६
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  •     दुबै दाजुभाइ बिदेश जानका लागी नागरिकता बनाएर पासपार्ट समेत लगाई केही समय काम गर्नका लागी घरवाट १० दिन अगाडी मात्र काठमाडौ गएका थिए ।
  •     दुई मात्र छोरा रहेकोले एक्कासी मृत्यु भएको खबर सुनेपछि आमा रामबति साह मुर्छित भएकी छिन ।
  • सुरेश र शिवकान्तको मृत्युको खवरले कनकपटी गाउँ नै शोकमा डुबेको छ ।

    राजविराज÷मेलम्ची खानेपानी आयोजना बालाजुमा कार्यरत सप्तरीका दुई कामदारको ट्यांक सफा गर्ने क्रममा मृत्यु भएको छ । दुबै कामदार दाजुभाई हुन् ।
    शुक्रवार काठमाडौंको बालुजामा ट्यांक सफा गर्ने क्रममा चिप्लिएर लड्दा निसासिएर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपटीका २३ वर्षका सुरेश साह र २१ वर्षका शिवकान्त साहको मृत्यु भएको स्थानिय रामचन्द्र साहले जानकारी दिएका छन ।
    सो आयोजनामा बुवा रामबिलास साह एक महिनादेखी तथा सुरेश र शिवकान्त समेत १० दिनदेखी बुबासँगै काम गरिरहेका थिए । शुक्रवार बुवा पनि त्यही क्षेत्रमा काम गरिरहेका थिए ।
    दुबै दाजुभाइ बिदेश जानका लागी नागरिकता बनाएर पासपार्ट समेत लगाई केही समय काम गर्नका लागी घरवाट १० दिन अगाडी मात्र काठमाडौ गएका थिए ।
    दुई मात्र छोरा रहेकोले एक्कासी मृत्यु भएको खबर सुनेपछि आमा रामबति साह मुर्छित भएकी छिन । सुरेश र शिवकान्तको मृत्युको खवरले कनकपटी गाउँ नै शोकमा डुबेको छ । स्थानिय तथा वडा अध्यक्ष दुर्गानन्द भगतले दुबै दाजुभाई अत्यन्तै मिलनसार स्वभावका रहेको बताए ।
    यता राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादब सुरेश र शिवकान्तको घरमै पुगेर परिवारजनलाई सान्त्वना दिँदै भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका छन् । उनले नेपाल सरकारसँग मृतक परिवारजनलाई क्षतिपुर्तिको दिन माँग समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ
रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै