दैनिक समाचारदाता
राजविराज, २ माघ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा १० लाख मुल्य बराबरको क्षति भएको छ ।
जिल्लाको तिरहुत गाउँपालिका वडा नं. १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित करिब ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
यादवको बाँसको टाटीले बनेको फुसको छानो भएको एक कोठे घरमा दियोबाट अचानक आगो सल्किएको थियो ।
आगलागीबाट घरभित्र रहेको काठको दराज दुई थान, स्टिलको दराज एक थान, ३५ तोलाका विभिन्न चाँदीका गरगहना, तीन तोलाका सुनका मंगलसूत्र, अन्य गरगहना, नगद एक लाख २५ हजार रुपैयाँ, ४० मन धान, १० मन चामल तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यसैगरी बिहीबारै हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुराका सिताराम यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगो सल्किएर आगलागी हुँदा गाईगोठ र परालको कुन्यु पुर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट ४ लाख १० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको हो ।
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
सारांश
- जिल्लाको तिरहुत गाउँपालिका वडा नं.
- १ धनपुरी टोलमा बिहीबार साँझ पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा स्थानीय योगेन्द्र यादवको एक घरसहित करिब ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
- यादवको बाँसको टाटीले बनेको फुसको छानो भएको एक कोठे घरमा दियोबाट अचानक आगो सल्किएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया