एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु

राजविराज राजविराज
|
सोमबार, कार्तिक ३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
  •       पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
  • पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
    अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । 
    पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन ।
    पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने उनको भनाई छ ।
    यस्तै नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ । 
    जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उनको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरि प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?