अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्ति मेसु झा

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
३५ पटक हेरिएको
Shares
अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्ति मेसु झा

सारांश

  • ती कठिनाइ समाधानका लागि राजनीतिक दल, स्थानीय संघसंस्था तथा नागरिक समाजबाट पूर्ण सहयोग र समन्वय गरि नयाँ भवनबाट सेवाहरु संचालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
  • अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा.
  • झाले सर्वदलीय बैठकबाट अस्पताल सुधारका लागि दिर्घकालिन रुपमा विभिन्न निर्णयहरू गरिएको समेत जनाए ।
दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन गर्न कठिनाई भएपनि व्यावहारिक रुपमा अतिआवश्यक सेवाहरु नयाँ भवनबाटै छिट्टै संचालनमा ल्याइने जनाएका छन् ।
ती कठिनाइ समाधानका लागि राजनीतिक दल, स्थानीय संघसंस्था तथा नागरिक समाजबाट पूर्ण सहयोग र समन्वय गरि नयाँ भवनबाट सेवाहरु संचालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. झाले सर्वदलीय बैठकबाट अस्पताल सुधारका लागि दिर्घकालिन रुपमा विभिन्न निर्णयहरू गरिएको समेत जनाए ।
पत्रकार सम्मेलनमा निमित्त मेसु डा. झाले सर्वदलीय बैठकका निर्णय सार्वजनिक गर्दै अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
उनले अस्पताल सुधारका लागि आफूले चालेको कदमहरु बारे जानकारी दिदै इमरजेन्सी वाडमा चार जना महिला कर्मचारीलाई डियुटीमा राखिएको बताए । उनले अस्पताल परिसरमा सरसफाईमा हेलचक्राई भइरहेको बारे ब्यापक रुपमा जनगुनासो आएकोमा बैठकबाट सरसफाईको जिम्मा निजि कम्पनीलाई दिने निर्णय समेत भएको जनाए ।
५० शैयाको अस्पतालमा हाल १ सय ५० शैया बराबरको सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै निमित्त मेसु डा. झाले अस्पतालमा दैनिक रुपमा ६ देखी ७ सयको हाराहारीमा बिरामीहरुलाई सेवा दिदै आएको उल्लेख गरे ।
सोही पत्रकार सम्मेलनमा डा. झाले जातीय विभेद तथा चिकित्सकको सुरक्षाको विषयलाई समेत गम्भीरतापूर्वक लिइएको जनाए । स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि प्रकारको जातीय विभेद, धम्की वा आपराधिक गतिविधिले समाजको कानुनी, मानवअधिकार तथा सामाजिक सद्भावमा गम्भीर असर पार्ने भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा सर्वदलिय सर्वपक्षिय बैकठमा गम्भिरतापूवर्क छलफल भएको जनाए ।
सम्बन्धित चिकित्सकले अस्पताल प्रमुख, नेपाल प्रहरी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायमा लिखित निवेदन दिएको भए पनि दोषीमाथि प्रभावकारी कारबाही प्रक्रिया अघि नबढेको विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ । घटनाबारे चिकित्सकले दिएको अन्तर्वार्ताबाट थप तथ्य बाहिर आएको अवस्थामा अस्पताल प्रशासनले यथाशीघ्र कानुनी प्रक्रिया अघि बढाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई जानकारी गराउन बैठकले सिफारिस गरेको छ ।
त्यस्तै, बैठकले अस्पताल सञ्चालनका क्रममा देखिएका प्रशासनिक तथा व्यावहारिक समस्या समाधान गर्न सबै राजनीतिक दल, स्थानीय संघसंस्था र नागरिक समाजबाट सहयोग तथा समन्वय आवश्यक रहेको जनाएको छ ।
बैठकको निष्कर्षमा “मृत्युको होइन, जीवनको गन्तव्य बनोस् अस्पताल” भन्ने सन्देशसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सांसद साह भारतमा सम्मानित
प्रदेश सांसद साह भारतमा सम्मानित
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
प्रजिअद्वारा जिल्लाका मुख्य चुनौती, समस्या र समाधान बारे छलफल 
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
दलहरु अन्तिम चरणको कसरत
दलहरु अन्तिम चरणको कसरत