दैनिक समाचारदाता
राजविराज, २० माघ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई व्यवस्थित र सुधारोन्मुख हुँदै गएको अवस्थामा रहेको बेला अस्पतालले विभिन्न उपचारको सेवा आरम्भ गरेको जनाएको छ ।
हाइड्रोशिल शल्यक्रिया सम्बन्धी आइतबार सम्पन्न गरेको अन्तरक्रियामा अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालले थप हाइड्रोशिल शल्यक्रिया, आङ्गखस्ने र बन्ध्याकरणका लागि निशुल्क उपचारको व्यवस्था संचालनमा ल्याएको जनाएका छन् ।
उनले अस्पताल सुधारोन्मुख हुँदै गइरहेकोले आगामी दिनहरुमा थप उपचार सेवा बिस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
अस्पतालमा एनआईसियु सेवालाई बिस्तार गर्न जनशक्तिमा सुधार, भौतिक पूर्वाधार तयार तथा वाडहरु व्यवस्थित गर्नेतर्फ लागिपरेको बताए । यसअघि अस्पतालले हनिर्या र एपेन्डिसको शल्यक्रिया समेत सूचारु गरिसकेको जानकारी दिए ।
सो अन्तरक्रियामा अस्पतालका चिकित्सक डा. सरोज यादवले हाइड्रोशिलका बिरामी सप्तरीमा अत्याधिक रहेकोले यसका लागि अंचल अस्पतालमै उपचार सम्भव रहेको दाबी गरे । उनले बिराटनगरमा आफू रहँदा हाइड्रोशिलका बिरामीहरु सप्तरीबाटै बढी आउने गरेको सुनाउँदै अब सप्तरीका बिरामीहरु बिराटनगर नगई राजविराजमै उपचार गराउन सक्ने बताए ।
हाइड्रोशिलको उपचार अब अंचल अस्पतालमै
सारांश
- हाइड्रोशिल शल्यक्रिया सम्बन्धी आइतबार सम्पन्न गरेको अन्तरक्रियामा अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा.
- चुमनलाल दासले अस्पतालले थप हाइड्रोशिल शल्यक्रिया, आङ्गखस्ने र बन्ध्याकरणका लागि निशुल्क उपचारको व्यवस्था संचालनमा ल्याएको जनाएका छन् ।
- उनले अस्पताल सुधारोन्मुख हुँदै गइरहेकोले आगामी दिनहरुमा थप उपचार सेवा बिस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया