राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव

राजविराज राजविराज
|
आइतबार, बैशाख २३, २०८१
|
|
६८ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव

सारांश

  •     तर, सप्तरीमा एक गैरसरकारी संस्थालाई राजविराज नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई रु.
  • ५० का दरले ब्लड ग्रुप टेस्ट गर्नका लागि सिफारिस दिएको छ ।
  •       कोशी प्रदेशको सुनसरी जिल्लाका युनिक नेपाल नामक गैससलाई उक्त कार्य गर्न सो शाखाका वरिष्ठ अधिकृत भोगेन्द्र यादवद्वारा हस्ताक्षरित सिफारिसपत्र उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 

    गैरसरकारी संस्था गैर नाफामूलक संस्थाको अवधारणालाई अंगालेको हुन्छ । तर, सोही संस्थाले कुनै पनि बहानामा रकम वा शुल्क लिनु गैरकानुनी हो र गैससको विधान विपरीत पनि हो ।
    तर, सप्तरीमा एक गैरसरकारी संस्थालाई राजविराज नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई रु. ५० का दरले ब्लड ग्रुप टेस्ट गर्नका लागि सिफारिस दिएको छ । 
    कोशी प्रदेशको सुनसरी जिल्लाका युनिक नेपाल नामक गैससलाई उक्त कार्य गर्न सो शाखाका वरिष्ठ अधिकृत भोगेन्द्र यादवद्वारा हस्ताक्षरित सिफारिसपत्र उल्लेख छ । 
    सो संस्थाले आइतबार राजविराजस्थित एक संस्थागत विद्यालयमा विद्यार्थीहरुको ब्लड ग्रुप टेस्ट गर्दै गरेको अवस्थामा शुल्क लिएपछि केही अभिभावकहरुले त्यसको प्रतिवाद गर्दा संस्थाले राजविराज नगरपालिकाले दिएको सिफारिस पत्र देखाएको थियो । 
    संस्थाले गत वर्ष फागुन १४ गते उक्त सिफारिस पत्र पाएको थियो । संस्थाले राजविराज नगरपालिका क्षेत्र भित्र झण्डै १० हजार विद्यार्थीको ब्लड ग्रुप टेस्ट गरे वापत रु. ५ लाख शुल्क उठाउने देखिन्छ । यसरी गैरकानुनी रुपमा शुल्क उठाउन नगरपालिकाले दिएको सिफारिस उपर शंका गर्ने प्रसस्तै ठाउँ देखिन्छ । 
    उक्त सिफारिस पत्रमा “संस्थाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सशुल्क ब्लड ग्रुप क्याम्पिन संचालन गरि उठेको रकमबाट असहाय बालबालिका, एकल महिलाहरुलाई सीपमूलक तालिम, अनाथ आश्रममा सहयोग लगायत बृद्धाआश्रमहरुलाई चाहिने आवश्यक सहयोगका लागि ब्लड ग्रुप टेस्ट क्याम्पिन यस नगरपालिका अन्तरगतका विद्यालयहरुमा संचालन गर्न अनुमति माँग भई आएको हुँदा नियमति प्रअको बैठकको निर्णय अनुसार विद्यालयमा विद्यार्थीहरुको इच्छा अनुसार प्रति विद्यार्थी रु. ५० का दरले ब्लड ग्रुप टेस्ट गर्नका लागि सिफारिस साथ अनुरोध छ ।” 
    शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ अधिकृत यादवले भने सो संस्थालाई ब्लड टेस्ट सेम्पलिन क्याम्पिन गर्न प्रअहरुको नियमति बैठकको निर्णयको आधारमा सिफारिस दिइएको हो । 
    उक्त सम्बन्धमा गैसस महासंघ नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ध्रुब देवले भने, “कुनै पनि गैससलाई रकम वा शुल्क उठाउने अधिकार छैन, त्यो गैससको विधान विपरीत कार्य हो, यदी उक्त कार्य गरिएको पाइएमा त्यो गैरकानुनी हुन जान्छ र सो संस्थालाई ठगि मुद्दा समेत लगाउन सकिन्छ ।” 
    यस्तै गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष दिपक झाले गैससको काम सामाजिक क्रियाकलाप त्यो पनि निशुल्क रुपमा गर्ने हो । ती संस्थाहरुले आफ्नो दातृ संस्थाको सहयोगमा निशुल्क कार्य गर्नुपर्छ । उनले भने, “कुनै शुल्क वा रकम लिनु भनेको गैरकानुनी र गैससको विधान विपरीत हो ।”
    यता गैससका सप्तरी सदस्य बिरेन्द्र मण्डल भन्छन्, छिमेकी जिल्लाका गैससलाई रु. ५० को दरले शुल्क लिएर विद्यार्थीको ब्लड ग्रुप टेस्ट गर्न सिफारिस गरिएकोप्रति घोर आपत्तिजनक र अब्यवाहरिक कार्य हो भन्दै सिफारिस तुरुन्त रद्द गरि उक्त प्रक्रिया उपर छानबिन गरि दोषिमाथी कारवाहीको माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक