जनकपुर÷सहअस्तित्व, अन्तराष्ट्रिय सांस्कृतिक जागरण, सहकार्य नाराका साथ हलुवाई समाज नेपालको द्वितीय राष्ट्रिय महाअधिबेशन तथा अन्तराष्ट्रिय सम्मेलन शनिबार जनकपुरमा सुरु भएको छ ।
जनकपुरस्थित तिरूहुतिया गाछीमा समाजको अधिबेशन सुरु भएको हो । अधिबेशनमा झापादेखि कंचनपुरसम्म तथा भारतको हलुवाई समाजका हजारौ प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
प्रमुख अतिथि पूर्वउपप्रधान तथा गृह मन्त्री एवं नेपाली काँग्रेस उपाध्यक्ष बिमलेन्द्र निधिले अधिबेशनको उद्घाटन गर्दै हलुवाईको आप्mनो छुटै पहिचान रहेकोले पेशाको सम्मान, मर्यादालाई सरकारबाट सहयोग गर्नुपर्ने बताए ।
उनले प्रदेश २ को नाम मिथला प्रदेश हुनुपर्ने बताउँदै मधेश शब्द समेत नराख्ने पार्टीहरुले मधेशको नाम कसरी राख्न खोजेको प्रश्न समेत गरे । उनले झापादेखि कञ्चनपुरसम्म रहेका भाषा, र संस्कृतिको संरक्षण खालको नाममा प्रदेशको नामकंन गर्नुपर्नेमा जोड दिए ।
आयोजक समितिका संयोजक तथा हलुवाई समाजका केन्द्रिय उपाध्यक्ष दशरथ साहको अध्यक्षतामा आयोजित कार्यक्रममा हलुवाई समाजका केन्द्रीय अध्यक्ष शिवनारायण साह, उपाध्यक्ष दिनेश साह, हलुवाईको अस्तित्व र पहिचानको आधारमा राज्यले विभेद गरेको आरोप लगाए ।
हरेक क्षेत्रमा हलुवाईको हकअधिकार, र भेदभाव जनजातीमा सुसुचित गराउन एक ढिक्का बनाउन अधिबेशन भेला भएको बताए । हलुवाई समाज पहिचान उपर विभिन्न समयमा आक्रमण समेत गरिएको भएपनि त्यसको डटेर सामना गर्दै यहाँ सम्म पुगेको जिकिर गरे ।
सो अवसरमा केन्द्रिय अध्यक्ष शिव नारायण साहले अध्यक्षीय अपिल प्रस्तुत गर्दै पहिचान, अधिकारका लागी एक जुट भएर अगाडि बढनुपर्ने, पूर्व र पश्चिमका स्वजाती र पहिचान र एकता गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन हलुवाई समाज अगाडि बढ्दै गएको बताए ।
त्यस्तै प्रदेश सासंद रामसरोज यादब, भारत हलुवाई समाजका त्रिभुवन साह, हलुवाई समाजका केन्द्रीय महासचिव महेश प्रसाद साह, केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकार शिवहरी भटराई, कथबनियाँ समाजका अध्यक्ष केशव साह, सुनसरी हलुवाई समाजका लक्ष्मी साह, सप्तरी हुलवाई समाजका दिगम्वर साह, धनुषा अध्यक्ष उमेश साह लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी श्यामसुन्दर यादबले गरेका थिए ।
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई सरकारले सहयोग गर्नुपर्छ ः निधी
सारांश
- उनले प्रदेश २ को नाम मिथला प्रदेश हुनुपर्ने बताउँदै मधेश शब्द समेत नराख्ने पार्टीहरुले मधेशको नाम कसरी राख्न खोजेको प्रश्न समेत गरे ।
- उनले झापादेखि कञ्चनपुरसम्म रहेका भाषा, र संस्कृतिको संरक्षण खालको नाममा प्रदेशको नामकंन गर्नुपर्नेमा जोड दिए ।
- आयोजक समितिका संयोजक तथा हलुवाई समाजका केन्द्रिय उपाध्यक्ष दशरथ साहको अध्यक्षतामा आयोजित कार्यक्रममा हलुवाई समाजका केन्द्रीय अध्यक्ष शिवनारायण साह, उपाध्यक्ष दिनेश साह, हलुवाईको अस्तित्व र पहिचानको आधारमा राज्यले विभेद गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया