दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ को विकट तथा दुर्गम गाउँ गोबरगाढाका वासिन्दाहरुले अब अब सहज रुपमा विद्युतको प्रयोग गर्न पाउने भएका छन् ।
कोशी नदीले घेरिएको उक्त गाउँमा मंगलवार ढुंगा र ट्याक्टर चढदै पुगेका मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले नियमित वसोवास गर्ने ५८ परिवारलाई सौर्य बत्ती (सोलार प्यानल सेट) उपलब्ध गराएका हुन् ।
गोबरगाढास्थित राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले ५८ परिवारलाई आफ्नो संसदीय विकास कोषबाट नौं लाखको लगानीमा प्रत्येक घरमा चार वटा बत्ती बाल्न सकिने क्षमता भएको १२ भोल्टेज ब्याट्री सहितको सोनार प्यानल सेट हस्तान्तरण गरेका छन् ।
मन्त्री साहले गोबरगाढा गाउँको विकासका लागि प्रदेश सरकारको साधन श्रोत र क्षमताले भ्यासम्म काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सहजता र नियमित सेवाका लागि सो गाउँमा ६ वटा सोनार प्यानल सेट तत्कालै जडान समेत गरिएको छ ।
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
सारांश
- कोशी नदीले घेरिएको उक्त गाउँमा मंगलवार ढुंगा र ट्याक्टर चढदै पुगेका मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले नियमित वसोवास गर्ने ५८ परिवारलाई सौर्य बत्ती (सोलार प्यानल सेट) उपलब्ध गराएका हुन् ।
- गोबरगाढास्थित राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले ५८ परिवारलाई आफ्नो संसदीय विकास कोषबाट नौं लाखको लगानीमा प्रत्येक घरमा चार वटा बत्ती बाल्न सकिने क्षमता भएको १२ भोल्टेज ब्याट्री सहितको सोनार प्यानल सेट हस्तान्तरण गरेका छन् ।
- मन्त्री साहले गोबरगाढा गाउँको विकासका लागि प्रदेश सरकारको साधन श्रोत र क्षमताले भ्यासम्म काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया