दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
सप्तरीको विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा सोमबारदेखी खाद्य स्वच्छता कायम गर्न अनुगमन र स्तरिकरण स्टिकर टाँस्ने कामको सुरुवात गरिएको छ ।
भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सो कार्यको सुरुवात गरिएको जनाइएको छ । खाद्य स्वच्छता, सरसफाई, स्टोरीड, भान्साघर, फोहोर मैला व्यवस्थापन लगायतका विषयको स्थलगत अनुगमन पश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्ने र प्रमाणपत्र उपलब्ध गराउने गरिएको छ ।
चार किसिमको स्तरिकरण कायम गरिएकोमा ९० भन्दा बढी अंक ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम तथा ८० देखि ९० सम्म अंक ल्याउनेलाई उत्तम श्रेणीमा राखी स्टिकर टाँसिएको छ ।
त्यस्तै ६५ देखि ७९ सम्म लाई सन्तोषजनक र ५० देखि ६४ सम्म अंक ल्याउने होटल रेष्टुरेन्टमा सामान्य लेखिएको स्टिकर टाँस गरिएको छ । सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले ६ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कार्यवाही प्रकृया अघि बढाईने निर्णय भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले बताए ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मंच, न्यायीक उपभोक्ता मंच, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालय र संघ संस्थाका प्रतिनिधि सम्मलित टोलीले पहिलो दिन नगरक्षेत्रका १२ वटा होटल र रेष्टुरेन्टहरुको अनुगमन पश्चात स्तरिकरणको स्टिकर टाँस गरेका छन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले एक होटलको अनुगमन पश्चात् स्तरिकरणको टिकट टाँस गर्दै कार्यक्रमको सुरुवात गरे ।
ती होटल र रेष्टुरेन्टका संचालकहरुलाई यस अघि गत पौष २४ गते खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयले खाद्य स्वच्छता र सरसफाईबारे आवश्यक तालिम समेत दिएको थियो ।
सोही अनुसार होटल तथा रेष्टुरेन्ट संचालकहरुले खाद्य स्वच्छता र सरसफाई व्यवहारमा लागु गरे÷नगरेको जाँच गर्न र स्तरिकरणको स्टिकर टाँस गर्न टोली खटिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सयक्ष्स्न्तोष साह, राष्ट्रिय उपभोक्ता मचका उपाध्यक्ष राजकुमार गुप्ता, न्यायीक उपभोक्ता मंचका अध्यक्ष रामकुमार यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष गौरी शंकर साह, जिल्ला प्रशासन कार्यालय तथा पत्रकार महासंघका प्रतिनिधि सम्मलित टोली अनुगमन र स्तरीकरण कार्यमा सहभागी छन् ।
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
सारांश
- भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सो कार्यको सुरुवात गरिएको जनाइएको छ ।
- खाद्य स्वच्छता, सरसफाई, स्टोरीड, भान्साघर, फोहोर मैला व्यवस्थापन लगायतका विषयको स्थलगत अनुगमन पश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्ने र प्रमाणपत्र उपलब्ध गराउने गरिएको छ ।
- चार किसिमको स्तरिकरण कायम गरिएकोमा ९० भन्दा बढी अंक ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम तथा ८० देखि ९० सम्म अंक ल्याउनेलाई उत्तम श्रेणीमा राखी स्टिकर टाँसिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया