लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ

सारांश

  •     सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ ।
  •       सप्तरी प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले ग्यास सिलिन्डरको पिदमा बनाइएको प्वालबाट १ सय ४० बोतल डाइलेक्स डिसि सिरप नामक प्रतिबन्धीत लागु औषध छिराएर ग्यास भर्नका लगिदै गएको अवस्था सिलिन्डरसहित सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने ३८ वर्षिय अशोक यादवलाई पक्राउ गरेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ भदौं । 
    अहिलकोे युगमा नयाँ नयाँ प्रविधीको विकास हुँदै गएको छ । सो प्रविधीको विकास राष्ट्र हीतका लागि हुने गर्दछ । तर, सप्तरीमा तस्करहरुले एउटा यस्तो नयाँ प्रविधीको विकास गरेका छन् जसले उनीहरुलाई लागु औषध ओसार पोसार गर्न सहयोग पुग्ने गरेको छ । 
    सप्तरीमा लागु औषध ओसार पोसारका लागि तस्करहरुले खाली ग्यास सिलिन्डको पिदमा प्वाल बनाई लकर सिस्टमको विकास गरेका हुन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलन मार्फत लागु औषध ओसार गर्ने सो प्रविधिको खुलासा गर्दै ती कार्यमा संलग्न एक व्यक्तिलाई सार्वजनिक समेत गरेको छ । 

    सप्तरी प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले ग्यास सिलिन्डरको पिदमा बनाइएको प्वालबाट १ सय ४० बोतल डाइलेक्स डिसि सिरप नामक प्रतिबन्धीत लागु औषध छिराएर ग्यास भर्नका लगिदै गएको अवस्था सिलिन्डरसहित सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने ३८ वर्षिय अशोक यादवलाई पक्राउ गरेको जानकारी दिए । 
    सोमबार राती राजविराज वडा नं. १६ बागेश्वरी मन्दिर अगाडी सादा पोषाकमा खटिएका प्रहरी टोलीले स.१०प. १३ नम्बरको मोटरसाइकलमा बोकेर ल्याउँदै गरिएको सो ग्यास सिलिन्डरलाई चेकजाँच गर्ने क्रममा लागु औषध ओसार पोसारको नयाँ प्रविधिबारे खुलासा भएको उनले जानकारी दिए । 
    यसअघि सोमबार प्रहरीले राजविराजबाट ६ सय ३ थान विभिन्न प्रकारका लागुऔषधसहित राजविराज वडा नं. २ घर भएका ४८ वर्षिय पंचदेव यादवलाई पक्राउ गरेको थियो । 
    यता पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 
    प्रहरीको तथ्यांक अनुसार गत आ.व. ०७५÷०७६ मा लागु औषध सेवनकर्ता र कारोबारी गरी ७८ जनालाई पक्राउ गरि सकिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार