दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सिरहाको लहानस्थ्ति मालपोत कार्यालयमा विष्फोट गराएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
लहान नगरपालिका वडा नं. ८ स्थित मालपोत कार्यालयमा गत चैत १ गते सो विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा गराइएको सो विष्फोटको आरोपमा सिरहाको सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेका ष्स्रिामरिझन यादव र अभिमन्यू गिरीले उक्त घटना आफुले गरेको स्विकार गरेको जनाउँदै मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरि रहेको र पटक–पटक चेतावनी दिदा पनि सुधार नआएकोले विस्फोट गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ ।
रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद तथा अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद समेत भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका रामरिझन यसअघि दुई वटा बम विस्फोट अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेको जनाइएको छ ।
बम बिष्फोटको आरोपमा दुई जना हतियारसहित पक्राउ
सारांश
- लहान नगरपालिका वडा नं.
- ८ स्थित मालपोत कार्यालयमा गत चैत १ गते सो विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।
- प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा गराइएको सो विष्फोटको आरोपमा सिरहाको सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया