होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित

राजविराज राजविराज
|
बुधबार, चैत्र २, २०७८
|
|
४२ पटक हेरिएको
Shares
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित

सारांश

  •     सो अवसरमा साहित्य, कला, पत्रकारिता, नाटक, खेलकुद लगायतका लगायतका विद्यामा योगदान दिने एक दर्जन बढी व्यक्तित्वलाई सम्मानित गरिएको छ ।
  •       महोत्सव अन्तरगत होली लोकगितको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको होली गायन प्रतियोगितामा झल्ही समूह प्रथम, महदेवा समूह द्वितृय र खरसाल यूवा समूह तितृय भएका छन् ।
  •       महोत्सव अन्तरगत पहिलो पटक आयोजना गरिएको होली गायन प्रतियोगिताका प्रथम स्थान ल्याउनेलाई पाँच हजार, द्वितृय हुनेलाई तीन हजार र तृतिय हुनेलाई दुई हजार नगद र ट्रफिसहित सम्मान गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 
    होली पर्वको अवसरमा बुधबार राजविराजमा होली महोत्सवको आयोजना गरिएको छ । 
    सो अवसरमा साहित्य, कला, पत्रकारिता, नाटक, खेलकुद लगायतका लगायतका विद्यामा योगदान दिने एक दर्जन बढी व्यक्तित्वलाई सम्मानित गरिएको छ । 
    महोत्सव अन्तरगत होली लोकगितको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको होली गायन प्रतियोगितामा झल्ही समूह प्रथम, महदेवा समूह द्वितृय र खरसाल यूवा समूह तितृय भएका छन् । 


    महोत्सव अन्तरगत पहिलो पटक आयोजना गरिएको होली गायन प्रतियोगिताका प्रथम स्थान ल्याउनेलाई पाँच हजार, द्वितृय हुनेलाई तीन हजार र तृतिय हुनेलाई दुई हजार नगद र ट्रफिसहित सम्मान गरिएको थियो । 
    मिडिया टेक्नोलोजी प्रालीले बुधबार राजविराजस्थित शिवमन्दिरको प्राङ्गणमा आयोजना गरिएको होली महोत्सवमा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शम्भुप्रसाद यादवले उनीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका हुन्.।
    कार्यक्रममा पत्रकारिता क्षेत्रबाट व्याशसंकर उपाध्याय, समाज सेवातर्फ ई. सूर्यनारायण यादव, खेलकुदतर्फ पुन्तीलाल यादव, बैकिङ सेवातर्फ ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक मनिष महासेठ र उद्योगि व्यवसायीतर्फ फिरोज आलम सम्मानित भएका छन्  ।
    कलासंस्कृती तर्फ निराजन मेहता, नाट्य कलातर्फ छेदी यादव, महिला सशक्तिकरणतर्फ अनिता देवकोटा, कानुनी सेवातर्फ प्रतिमा देव, शिक्षातर्फ मन्जु श्रेष्ठ, यूवा अभियान्तातर्फ बिष्णु यादव, अधिकारकर्मीतर्फ सुनिता साह र जेष्ठ नागरिकतर्फ शंकर शारदा पनि सम्मानित भएका छन् । 
    वडा अध्यक्ष मागिंलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, मिडिया काउन्सील मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराई, पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव, निर्णायक समितिका सदस्य मनोज कुमार माझी, अजयकुमार झा, भुषण सिंह, सुखराम यादव लगायतले सम्मान पत्र तथा बिजेता कलाकारहरुलाई पुरस्कार बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?