राजविराज÷मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिकदलहरुले अधिकारिक रुपमा उम्मेदवारको टुगो नलगाए पनि सप्तरीमा दर्जनौ आकांक्षीले आ–आफ्नै स्तरबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
उम्मेदवारका आकांक्षीले यसरी उम्मेदवारी घोषणा गर्दा केही स्वयमले त कोही समर्थकको प्रयोग गरि सामाजिक संजालमार्फत यस्तो पोष्ट गर्न थालेका छन् ।
शनिवार सम्ममा समाजिक संजाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्नेको संख्या ४ दर्जन भन्दा बढी पुगेको छ । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा बहालवाला सांसददेखि २०७४ को निर्वाचनमा पराजित भएको, स्वतन्त्र भई चुनाव लडेको तथा पहिलो पल्ट चुनाव लड्ने तयारी गरेका नयाँ अनुहार पनि छन् ।
अहिलेसम्म जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मात्र आफु पार्टीको अधिकारिक निर्णयअनुसार नै गृह जिल्ला सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बन्ने प्रस्ट पारेका छन् । उनले रोजेको निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । अध्यक्ष यादव यस पल्ट सोही क्षेत्रबाट चुनाव लड्ने÷नलड्ने अहिलेसम्म अनिश्चित नै छ ।
जनमत पार्टीले (एक निर्वाचन क्षेत्रमा) बाहेक अन्य कुनै पनि राजनीतिक दलको भने अहिले सम्म उम्मेदवारको टुगो लागेको छैन ।
यता दलका नेता र कार्यकर्ताबीच आधिकारिक उम्मेदवार बन्न चर्को प्रतिस्पर्धा चलिरहेको छ । मुख्य ठूला दल मात्र होइन स–साना दलहरु भित्र पनि उम्मेदवारको दावेदारीसँगै सम्भावित उम्मेदवारको नाम अघि सारेर जनमत बुझ्ने काम सुरु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादवले गठबन्धनको साझा उम्मेदवार बनाउने वा शक्ति सन्तुलनको आधारमा एकला एक्लै लड्ने भन्ने दुवै विषयमा पार्टी भित्र गम्भिर छलफल बताएका छन् ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक ५ पालिका जितेर जिल्लामा पहिलो पार्टी बनेकोले आगामी निर्वाचनमा काँग्रेसले सिट बाडफाँडमा सम्मानजनक स्थान पाउनुपर्ने जिकिर गरे ।
लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाले नेता र कार्यकर्ताबीच भित्र भित्रै उम्मेदवारीका लागि दौडधुप सुरु गरिसकेको बताए । उनले फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेर मात्र नहुने जिकिर गर्दै धरातलमा बसेर काम गर्ने र योग्य तथा सक्षम व्यक्तिले टिकट पाउने बताएका छन् ।
जसपाका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डलले आकांक्षीहरुको निकै दौडधुप बढेको भएपनि अहिले टुगो लागी नसकेको र गहन छलफल भइरहेको बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरीको २ नं. क्षेत्रबाटै पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दोह¥याउने लगभग निश्चित रहेको बताएका छन् ।
जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ गरी १२ पदका लागि निर्वाचन हुनेछ । जिल्लामा आगामी मंसिर ४ मा हुने निर्वाचनमा नयाँ थपिएको ९ हजार १ सय १४ सहित कुल ४ लाख २१ हजार ५ सय ५९ मतदाता छन् ।
जसमध्ये पुरुष २ लाख १८ हजार ७ सय ३१, महिला २ लाख २ हजार ८ सय ७ र अन्य २१ जना छन् । यसैबीच निर्वाचन कार्यालयले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावली अधावद्यिक र दावी विरोध प्रक्रिया भाद्र १२ गते देखि प्रारम्भ गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप कुमार जोशीका अनुसार भदो १२ देखि भदो १९ सम्म मतदाता नामावली अधावद्यिक (दावी विरोध समेत)को कार्यक्रम संचालन हुनेछ । मतदाता नामावली अधावद्यिक कार्यक्रम सम्पन्न भएपश्चात भाद्र ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सामाजिक संजालमार्फत धमाधम उम्मेदवारी घोषणा हुँदै
सारांश
- अहिलेसम्म जनमत पार्टीका अध्यक्ष डा.
- सिके राउतले मात्र आफु पार्टीको अधिकारिक निर्णयअनुसार नै गृह जिल्ला सप्तरीको निर्वाचन क्षेत्र नं.
- २ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बन्ने प्रस्ट पारेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया