ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला

राजविराज राजविराज
|
आइतबार, जेठ १०, २०८३
|
|
० पटक हेरिएको
Shares
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला

सारांश

  • नवीनकुमार गुप्ता राजविराज, १० जेठ ।
  •       विपन्न वर्ग, न्यून आयश्रोत तथा सामान्य लेखपढ मात्र गरेका समुदायमा सीपमूलक रोजगारीको अवस्था सृजना गरि आत्मनिर्भर तथा उनीहरुको जिविकोपार्जनमा स्तर बृद्धि गर्ने उद्देश्यले ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्न थालेको छ ।
  •       सप्तरीको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका गरि दुई पालिकामा संचालन गरिएको ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

नवीनकुमार गुप्ता
राजविराज, १० जेठ । 

    विपन्न वर्ग, न्यून आयश्रोत तथा सामान्य लेखपढ मात्र गरेका समुदायमा सीपमूलक रोजगारीको अवस्था सृजना गरि आत्मनिर्भर तथा उनीहरुको जिविकोपार्जनमा स्तर बृद्धि गर्ने उद्देश्यले ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्न थालेको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका गरि दुई पालिकामा संचालन गरिएको ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । छिन्नमस्ताको वडा नं. ३ र ५ तथा तिलाठी कोइलाडीको वडा नं. ३, ४ र ५ यो कार्यक्रम संचालनमा आएपछी २ हजार ७ सय ती समुदायका व्यक्ति सीपमूलक व्यवसायमा लागेर आत्मनिर्भर बन्न अग्रसर देखिएका छन् ।
    कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को साझेदारीमा सप्रोस नेपालले दुबै पालिकामा संचालन गरेको ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रमबाट उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने मुख्य लक्ष्य रहेको सप्रोस नेपालका टिम लिडर तथा कृषि विज्ञ चन्दन केसीले जानकारी दिए । संस्थाद्वारा संचालित ती कार्यक्रमहरुको अनुगमन समेत गरिएको छ । 
    अनुगमनकै क्रममा छिन्नमस्ता गाउँपालिका ३ की २० वर्षिया आरती पण्डितले कार्यक्रम संचालन आउनु पूर्व कुनै कामको अनुभव नभएको तर अहिले उनी दिनभरीमा झण्डै १ हजार मटका (चिया पिउने माटोको ग्लास) बनाएर दैनिकी ३ हजार मुल्य बराबरको आम्दानी गर्ने गरेको सुनाइन् । 
    “संस्थाले मटका बनाउने विद्युतीय उपकरण खरीद गर्न आर्थिक सहयोग ग¥यो र अपुग रकम मैले थपेर खरीद गरे ।” उनी भन्छिन्, “दिनाभ्रदी समूहमा आवद्ध भएर संस्थाका सरहरुले काम सिकाउन मद्दत गरेपछी अहिले दिनको १ हजार जति मटका बनाउनु भ्याएको छु, जसलाई बिक्रि गरेर ३ हजार आम्दानी गर्छु ।” 
    यस्तै माटोको अन्य भाडाहरु पनि बनाउने गर्छिन उनी । “अन्य भाडाहरुको मौसम अनुसार मात्र माग रहेकोले बढी मटका बनाउनेतर्फ ध्यान दिनेगरेको छु,” उनी भन्छिन्, “मटकाका लागि माटो खरीद गर्नुपर्छ, बिजुलीको बिल लगायत अन्य खर्च काटेर झण्डै १ हजार ५ सय जति बचत हुन्छ ।” 
    उनी जस्तै सोही वडाकी प्रमिला पण्डित पनि संस्थाको आर्थिक सहयोगमा विद्युतीय उपकरण खरीद गरेर दियो, वसनी, कलश, कुवा, फुची लगायत माटोका भाडो बनाउन अहिले व्यस्त छिन् । उनी पनि मौसम अनुसार माटोको भाडो बनाएर दैनिकी ५ देखी ६ सयसम्म आम्दानी गर्ने गरेकी सुनाइन् ।   
    संस्थाकै सहयोगमा सोही वडामा अर्की महिला उद्यमी दुर्गादेवी मण्डलले अन्य भन्दा फरक व्यवसायी गर्न थालेकी छिन् । उनले पुष्प खेती (फुल उत्पादन) गर्ने कार्य रोजेकी छिन् । उनले गत पुस महिनामा डेढ कठ जग्गामा फुल उत्पादन सुरु गरिन् । जसबाट ३५ हजारको आम्दानी गरेकी छिन् । उनीसँगै उनका श्रीमान राजेश मण्डल पनि सोही व्यवसायीमा लागेका छन् । मण्डल दम्पत्तिले उत्पादन गरेको फुल नजिकै रहेको छिन्नमस्ता मन्दिरमा बिक्रि गर्ने गरेका छन् । दुर्गादेवी भन्छिन्, “बिऊ रोप्न र त्यसको हेरचार तथा किराबाट बचाउन संस्थाले सहयोग ग¥यो, जसकरण म अहिले उक्त फुलहरु छिन्नमस्ता मन्दिरमा बिक्रि गर्ने गरेको छु, उनी थप्छिन–गत फागुन महिनामा एक जना विदेशी पर्यटक मैले रोपेको फुल हेर्न घरमै आइपुगे र मसँग फोटो समेत खिचाएर उक्त कार्यको प्रशंसा व्यक्त गरे ।”
    यस्तै तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ की आशा देवी राय तरकारी खेतीबाट मासिक १५ हजार आम्दानी भईरहेको बताउछिन् । सोही गाउँपालिका ५ की कोशीला देवीले सीप सिकेपछि सिलाई कटाईको काम गरेर स्वरोजगारमा लागेको सुनाइन् ।
    टिम लिडर केसीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले पुष्प खेती तालिम, तरकारी खेती प्रवद्र्धन, प्राविधिक सहयोग, माटोको भाँडा बनाउने सीप विकास तालिम, व्यावसायिक साक्षरता, क्षमता अभिवृद्धि तथा लैंगिक कार्य सिकाइ पद्धतिसम्बन्धी व्यवहारिक तालिम दिएर सामाजिक तथा आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यसहित कार्यक्रम संचालन गरिएको जनाए ।
    सप्रोस नेपालका सप्तरी जिल्ला संयोजक बिमला न्यौपानेले छिन्नमस्ता गाउँपालिकाको वडा नं. ३ र ५ मा ४१ वटा तथा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा ४९ वटा गरी ९० वटा महिला समूह गठन गरेर कार्यक्रम संचालन भइरहेको जानकारी दिइन् । कार्यक्रम अन्तर्गत ११ जना महिलालाई माटोको भाँडा तथा ग्लास बनाउने मेसिन समेत सहयोग गरिए उनले बताइन् ।
    सप्रोस नेपालका व्यवसायी विकास सहजकर्ता रुपेश सदायले दुबै पालिकाका ९० वटै समुहका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम, प्राविधिक सहयोग र आर्थिक सहयोग गरिरहेको बताए ।
    दुबै पालिकामा गरिएको संयुक्त आनुगमनमा सप्रोस नेपालका पोषण अधिकृत नविता चौधरी, तिलाठी कोईलाडी गाउँपालिकाका कार्यक्रम स्रोत व्यक्ति राजेश झा, संचारकर्मीहरुसहित सप्रोस नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
धुमधामका साथ मनाईदै चैती छठ 
धुमधामका साथ मनाईदै चैती छठ