पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 

राजविराज राजविराज
|
सोमबार, पौष २६, २०७८
|
|
५१ पटक हेरिएको
Shares
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 

सारांश

  •     सार्वजनिक शान्तिबिरुद्धको कसुरमा पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रिहा भएका हुन् ।
  •     जिल्ला प्रशासन कार्यालयले सोमबार जनही ५÷५ सय धरौटी लिई उनीहरुलाई रिहा गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
    किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टी सप्तरीका ६ जना नेता कार्यकर्ता सोमबार रिहा भएका छन् । 
    सार्वजनिक शान्तिबिरुद्धको कसुरमा पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रिहा भएका हुन् ।
    जिल्ला प्रशासन कार्यालयले सोमबार जनही ५÷५ सय धरौटी लिई उनीहरुलाई रिहा गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।     
    पुस १६ गते शुक्रबार किसान आन्दोलनका क्रममा राजमार्ग अवरुद्ध गर्न खोज्दा जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट उनीहरु पक्राउ परेका थिए । प्रदर्शन कै क्रममा पक्राउ परेका उनीहरुमाथी प्रहरीले सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गराई हिरासतमा राखेको थियो । 
    किसानहरुको समस्या समाधान तथा आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टीले दिनहुँ प्रदर्शन गरिरहेको बेला उनीहरु थुना मुक्त भएपछि सोमबार नै जनमत पार्टीले खुशीयाली मनाउँदै नगर क्षेत्रमा जुलुस निकालेका छन् । 
    उनीहरुले किसानहरुको जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारि रहने बताएका छन् । पुस १४ गतेदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् । 
    किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ । 
    यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट