प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई

राजविराज राजविराज
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई

सारांश

  •     अहिले मधेशी जनताहरु सधै धोका पाएको बेला फेरि एकचोटी आठ जिल्ला मात्रै समाहित रहेको २ नम्बर प्रदेशलाई अनेकौ षडयन्त्रको जालझेल बुन्न थालेको छ ।
  • पहिले उपेन्द्र यादवलाई सात्ताको मोह देखाई सरकारमा समाहित गरियो ।
  • पछि गरेर उपेन्द्र जीलाई सात्ताबाट बाहिरिन दवाव दियो ।

अमरनाथ मण्डल
    नेपाल भरीमा विभेदको शिकार भोगेका मधेशी समुदायहरु वर्षो–वर्षोदेखि आफ्नो अधिकारको लडाई लड्दै आएको उपज महान मधेश आन्दोलन विश्वको इतिहासमा ऐतिहासिक सार्थक पाएका मध्येमा एक अधिकारको आन्दोलन रहेका थिए । राणा शासनकाल देखि पञ्चायति शासनकाल तथा प्रजातन्त्रको परिवेशमा मधेश र मधेशी माथि गरिएका विभेद दमन र शोषणको पाराकाष्ठाले विभेदीकरण विरुद्ध मधेशी जनताहरुले एक जुट भई महान मधेश आन्दोलनको शंखनाद तर शोषण र दमणको आवाज उठाई रहेको मधेशी दल, मधेशी आन्दोलनकारीहरुलाई सधै षडयन्त्रपूर्वक वार्ताको नाउँमा धोखा दियो । जसको फलस्वरुप अहिले पनि राज्यका विभिन्न स्तर र सेवा अधिकारहरुमा मधेशी जनताले प्रत्याभुति पाउँन सकिरहेको छैन । 
    आन्दोलनहरुले दिएका जन आदेशको विपरीत शासकवर्गहरुले सधै मधेशका आन्दोलनकारीहरुलाई धोका दिने प्रवृतिको निरन्तरता यस पल्टको महान मधेश आन्दोलनमा पनि त्यही गतिको स्वरुपलाई दोहो¥याएका छन् । मधेशी आन्दोलनका मुख्य एजेण्डा मधेश एक प्रदेश अर्थात् मधेश प्रदेशको गठन हुनु र संविधान सशोधन गरी मधेश मधेशीहरुको अधिकारको लागि संविधानमा व्यापक रुपमा समाहित गर्नु मधेश आन्दोलनको मुख्य मर्म रहेको थियो । तर वार्ताको नाउँबाट मधेशी दलका नेताहरुलाई सधै धोका दिने प्रवृतिको स्वरुप न त संविधान संशोधन गरियो, न त मधेश एक प्रदेशको स्वरुपलाई स्थापित ग¥यो । बरु मधेशका प्रमुख अङ्गको रुपमा रहेका झापा, मोरङ्ग, सुनसरी, बाँके, बर्दिया, कैलाली मधेशको मुटु रहेको जिल्लाहरुलाई मधेश भावना अनुरुप २ नम्बर प्रदेशको गठनमा समाहित गरेनन् । जसले गर्दा मधेश एक प्रदेशको आवधारणा अर्थात् मधेश प्रदेशको सपना त्यस्तै रहयो । मधेशी जनताले र मधेश दलका नेताहरुले आठ जिल्लामा मात्र सन्तोषको आगो ताप्नु प¥यो जसले गर्दा आन्दोलनको मर्म र भावना विपरित शासकवर्गहरुले कुटनीतिबाट धोका दियो । 
    अहिले मधेशी जनताहरु सधै धोका पाएको बेला फेरि एकचोटी आठ जिल्ला मात्रै समाहित रहेको २ नम्बर प्रदेशलाई अनेकौ षडयन्त्रको जालझेल बुन्न थालेको छ । पहिले उपेन्द्र यादवलाई सात्ताको मोह देखाई सरकारमा समाहित गरियो । पछि गरेर उपेन्द्र जीलाई सात्ताबाट बाहिरिन दवाव दियो । जसको फलस्वरुप समाजवादीले सरकार छोडियो । समाजवादीका अध्यक्ष उपेन्द्र यादवले यस स्तम्भकारसँग एक भेटमा सात्ताधारी नेकपाले राजपा र समाजवादीको २ नम्बर प्रदेशको सरकार विघटन गर्न प्रस्ताव राखेको उपेन्द्र जीले बताउनुभयो । तर, हामीले त्यो प्रस्तावलाई अस्वीकार गरेको कारण हामीले सरकारबाट बाहिरिन बाध्य प¥यो । यता राजपालाई पनि दुई बुँदे सहमति गरी राष्ट्र सभामा दुई सिटको लागि सम्झौता गरियो । पछि गएर राजपालाई समाजवादीको सरकार दुई नम्बर प्रदेशमा विघटन गर्न दवाव दियो । यसले के देखाउँछ भने हिन्दीको एउटा उखानमा भने जस्तै ‘फुट डालो और राज करौं’ सिद्धान्तलाई नेकपाले राजपा र समाजवादी बीच प्रयोग गरियो । तर मधेशी जनताको मर्म र भावनालाई सम्मान गरी यी दुई पार्टीले २ नम्बर प्रदेशको सरकारलाई विघटन तिर लगेन । 
    अहिले मधेशको आठ जिल्लालाई मात्रै समाहित गरी गठन गरिएको २ नम्बर प्रदेशमा प्रदेशको नामाकरण तथा राजधानीको छनौटमा सात्ताधारी दलले तथा काँग्रेस जस्तो पार्टीले विवादको स्थिति सिर्जना गरी । मधेशको मर्म अनुसार मधेश आन्दोलनले दिएको जनादेश मधेश प्रदेशको सवालमा विभाजन गरी मधेशका जनताबाट निर्वाचित भएका प्रदेश सभासदहरु चाहे त्यो नेकपा होस काँग्रेस होस तथा राजपा र समाजवादी होस । मधेश आन्दोलनले दिएका जनादेश मधेश प्रदेश आन्दोलनको बेला आन्दोलनकारीहरु तथा मधेश प्रदेशको लागि शहादत दिएका शहिदहरुको अन्तिम वाक्य मधेश एक प्रदेश रहेकोले राजपा र समाजवादीले सारिएका मधेश प्रदेशलाई सबै दल मिली मधेश आन्दोलनलाई सम्मान गर्नुपर्ने अवस्था थियो । तर काँग्रेस र नेकपाले गरेका मनोभावनाहरु के देखाउँछ भने प्रदेश २ मा विभाजनको मनोस्थितिलाई सिर्जना गरी विश्व पटलमा मधेश आन्दोलनबाट सिर्जित भएका प्रदेश २ को सरकारलाई तथा मधेशको जनताको आस्थाको प्रदेश २ लाई बदनाम गर्ने रहेको छ । यसको लागि शासकवर्गहरुबाट कटुलताका साथ आफ्ना मनसायहरु यसपालिको प्रदेश नामाकरण तथा राजधानी नामाकरण देखिएको छ ।
    मधेश आन्दोलनको मर्म मधेश एक प्रदेशको सन्दर्भ लिएर राजपा र समाजवादीले राखेको प्रस्तावलाई सबै प्रदेश २ का राजनैतिक दलहरुले सम्मान गर्नुपर्ने अवस्थाको सिर्जना गरी दलिय स्वार्थभन्दा उठी एकरुपताका साथ सबै दलले मधेश प्रदेश तथा माता जानकीको जन्म हुने जनकपुरलाई राजधानी तय गर्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने हुन्छ । नत्र विभेदको लडाई लडि रहेका मधेशी समुदायहरुले अधिकारको लडाईमा एकरुपताको पुनः आवश्यकता देखिन्छ । 
    अहिले भावना र मर्मको विपरीत मधेशबाट नै मधेशी जनताको मतबाट सभासद बनेकाहरु पार्टीगत रुपमा जुङ्गाको लडाईको आधार बनाई आठ जिल्लामा मात्रै समाहित गरिएका दुई नम्बर प्रदेशलाई प्रदेशको नामाकरण तथा राजधानीको नामाकरणमा विवाद गरिएको सन्दर्भ लिएर अहिले मधेशी समुदायहरु मधेशमा रहेका जुनसुकै दलहरुलाई हामीले मत दिई प्रदेशसभामा पठाएको अवस्थामा मधेश आन्दोलनको एक मात्र आवाज मधेश एक प्रदेशलाई अर्थात् मधेश प्रदेशलाई नामाकरणमा विवाद गरिएको प्रति निराशको वातावरण र्सिजना भएको छ । प्रदेश २ मा रहेका नेकपा तथा काँग्रेस र राजपा समाजवादीले मधेशी जनताको भावना अनुरुप प्रदेशको र राजधानीको नामाकरणमा स्थान निर्धारण  गर्नुपर्ने आमधारणा रहेको छ भने दलिय स्वार्थबाट माथि उठि विवादलाई प्रदेशको नामाकरण सवालमा नबनाई एकचोटी मधेश एकताको रुपलाई विश्वको पटलमा राख्नुपर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
सुस्त गतिमा बस पार्क निर्माण भइरहेको भन्दै नगरवासी आन्दोलित
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु