यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
आइतबार, भाद्र २३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह

सारांश

  •     आईतवार गृह जिल्लाको राजविराजमा सप्तरी क्रिकेट संघको ५ औं वार्षिक साधारण सभालाई प्रमुुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
  •       उनले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आर्कषित गरेर उनीहरुको भविष्य सुर्धानु पर्ने कुरामा जोड दिदै भने, “यूवाहरु कुलतमा फस्नु चिन्ताको विषय हो, उनले भने–कुलतबाट जोगाई उनीहरुको उर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ ।
  • ”     कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट पनि बढी भन्दा बढी सहभागिता जनाई धेरै संख्यामा पदक हासिल गर्ने तर्फ प्रयत्नशिल रहन उनले आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौ । 

    मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिहले खेलकुदमा लागेर प्रदेशका साथै देशको समेत नाउँ उच्च पार्ने यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले सकेसम्म पहल गर्ने बताएका छन् । 
    आईतवार गृह जिल्लाको राजविराजमा सप्तरी क्रिकेट संघको ५ औं वार्षिक साधारण सभालाई प्रमुुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 
    उनले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आर्कषित गरेर उनीहरुको भविष्य सुर्धानु पर्ने कुरामा जोड दिदै भने, “यूवाहरु कुलतमा फस्नु चिन्ताको विषय हो, उनले भने–कुलतबाट जोगाई उनीहरुको उर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ ।”
    कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट पनि बढी भन्दा बढी सहभागिता जनाई धेरै संख्यामा पदक हासिल गर्ने तर्फ प्रयत्नशिल रहन उनले आग्रह गरे । 
    मुख्यमन्त्री सिंहले दुई वर्ष पछी मधेश प्रदेश मै ११ औं राष्ट्रिय खेलकुद प्रतियोगितको आयोजना हुने तय भईसकेको भन्दै यसका लागी जनकपुर, विरगंज र राजविराजमा खेलमैदान लगायत आवश्यक पूर्वाधार व्यवस्थापनका लागी केन्द्र सरकार समेतको सहयोग हासिल गर्ने प्रयत्नमा मधेश प्रदेश सरकार लागी परेको बताए ।
    कार्यक्रममा जिल्लमा खेलकुदको विकासमा योगदान गरे वापत मुख्य मन्त्री सिंहलाई सप्तरी क्रिकेट संघको तर्फबाट अध्यक्ष आयुष श्रेष्ठले. दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । 
    कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन तथा २०८१÷०८२ को बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । एक वर्षको आयव्यय विवरणका साथै कार्यक्रममा उनले अगामी एक वर्ष भित्र जिल्लामा आयोजना गरीने महिला तथा पुरुष क्रिकेटका १३ वटा प्रतियोगिता र १÷१ वटा बन्द प्रशिक्षण तथा टर्फ पिच निर्माणबारे विस्तृत जानकारी गराएका थिए । 
    संघका सचिव चन्दन कुमार यादवद्वारा संचालित कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, वडा अध्यक्ष शशी चौधरी लगायतले पनि बोल्दै शुभकामना दिएका थिए । 
    स्वागत मनतब्य संघका उपाध्यक्ष निरज सिहले दिएका थिए । आईतवार नै मुख्यमन्त्री सिह सप्तरीको भारदहमा आयोजित एक कार्यक्रममा शहिदको बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्न आपूm प्रतिबद्ध रहेको बताए । 
    शहिद रामकृष्ण राउत स्मृती प्रतिष्ठानद्वारा आयोजित “शहिद रामकृष्ण राउतको नवौं स्मृतसभा” लाई सम्बोधन गर्दै उनले संघियताको रक्षा र मधेशमा ब्याप्त गरिबी, वेरोजगारी, अशिक्षालाई अन्त्य गर्न सके शहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 
    “संघियताको रक्षा र शहिद परिवारको समस्याबारे प्रदेश सरकार गम्भीर छ, मुख्यमन्त्री सिहले भने– दुबै सवालमा प्रदेश सरकार कहिल्यै कसै संग गलत सहमती सम्झौता गर्न सक्दैन ।”
    उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षमा सम्पन्न कार्यक्रममा उनले शहिदको सम्मान गर्ने प्रयास स्वरुप भारदह अस्पतालको नामाकरण शहिद रामकृष्ण राउतको नामबाट गर्ने र उनको सालिक स्थापनामा समेत प्रदेश सरकार सघाउने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
भारतमा ८ नेपाली सम्मानित 
भारतमा ८ नेपाली सम्मानित 
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
चन्द्र नहरको बाँध भत्किदा सयौं घर डुवानमा
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार 
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु