राजविराज/चालु आर्थिक बर्षको साउनदेखी माघ मसान्तसम्मको अवधीमा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार ५ सय ५ जना अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो. सहादतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको सो तथ्याङ्कमा उल्लेख छ ।
पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिँदै पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको बताए ।
यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले बताए । सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको उनको भनाई छ ।
यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ.ब.को तुलनामा कम रहेको तथ्याङ्कले देखाएको छ ।
पाँच सय ५ फरार अपराधी पक्राउ, २ सय ५५ सवारीसाधन नियन्त्रणमा
सारांश
- पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिँदै पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको बताए ।
- यस्तै यस अवधीमा भन्सार छलि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि भन्सार बुझाइएको डिएसपी साहले बताए ।
- सवारीसाधनको २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया