दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
केही दिनदेखि परेको अबिरल बर्षाका कारण राजबिराज १५ भरूवास्थित खाडो बाध कटान हुन थालेको छ ।
सोमबार बेलुकादेखि खाडो नदिमा अत्यधिक पानीको चाप बढन थालेपछि भरूवा बस्ती जोखिममा परेको छ ।
नदिको बहावको पश्चिमतर्फ बस्ती छेउमा बग्न थालेपछि बस्ती नै जोखिममा परेका स्थानिय फुलेश्वर यादब जानकारी दिएका छन ।
२०७४ सालमा भरूवामा खाडो तटबन्ध भत्किन थालेपछि बाँध कटान हुन नदिन स्थानिय डोमी यादबले पानी बहाव रोक्न खोज्दाँ उनलाई बाढीले बगाएको थियो ।
खाडो नदि नियन्त्रण गर्ने काय समयमा नहुदाँ बर्सेनि यहाँ स्थानियहरूले सयौ बिगाहामा लगाएको धान बालीमा क्षती पुग्ने गरेको स्थानिय फुलेश्वरले बताए ।
यता राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादबले भरूवास्थित खाडो नदिको स्थलगत अनुगमन गर्दै खाडो नदिको कटान नियन्त्रण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
जिल्लाको त्रियुगा, खडग, सप्तकोशी लगायतको नदिमा आएको बाढीले आधा दर्जन स्थानिय तहका घरहरू डुवानमा परेको छ ।
लगातारका बर्षाले विभिन्न नदि खोलामा आएको बाढीले जिल्लाको कतिपैय स्थानमा रहेको तटबन्धमा कटान हुन थालेको छ ।
बर्षाका कारण हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का करिव २ सय भन्दा बढी घर डुवानमा परेको र नियन्त्रणका लागि स्थानिय स्तरबाट कार्य भईरहेको नगरप्रमुख शैलेश साहले बताए ।
यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदिको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको नगरप्रमुख उतम गौतमले जानकारी दिएका छन ।
उक्त नदिको उच्च बहावले सिद्विपुर र सखुवानीमा रहेको तटबन्ध कटान गरिरहेको नगरप्रमुख गौतमले बताए । यस्तै सप्तरीको डाक्नेश्वरी ६ स्थित खडग खोलामा आएको बाढीले कटैया स्थित तटबन्धमा कटान सुरू गरिसकेको छ ।
दजनौं घर डुवानमा
लगातारको बर्षाका कारण जिता नदीको बाध भत्किदा राजविराज नगरपालिका वडा न. १० कदमाहा टोलका दर्जनौं घर डुबानमा परेको छ ।
महुलीस्थित जिता नदीमा अचानक पानीको सतह बढेपछि बाँध फुट्दा कदमाहा टोलका ती घर डुबानमा परेको हो ।
सोमबार बिहान केही बेर वर्षा भएपछि अचानक टोलमा पानी पसेको र स्थानियको घरमा ३÷४ फिटसम्म पानी जम्मा भएको स्थानिय राजेन्द्र यादवले जानकारी दिएका छन् ।
यता वडाअध्यक्ष सुशिल दासले डुवानमा परेका मध्येबाट २५ परिवार पूर्ण रुपमा डुबानमा परेको बताए ।
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
सारांश
- सोमबार बेलुकादेखि खाडो नदिमा अत्यधिक पानीको चाप बढन थालेपछि भरूवा बस्ती जोखिममा परेको छ ।
- नदिको बहावको पश्चिमतर्फ बस्ती छेउमा बग्न थालेपछि बस्ती नै जोखिममा परेका स्थानिय फुलेश्वर यादब जानकारी दिएका छन ।
- २०७४ सालमा भरूवामा खाडो तटबन्ध भत्किन थालेपछि बाँध कटान हुन नदिन स्थानिय डोमी यादबले पानी बहाव रोक्न खोज्दाँ उनलाई बाढीले बगाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया