रुपनी मेयर कपको फाइनलमा 

राजविराज राजविराज
|
शनिबार, आषाढ ७, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा पबिमाबिको क्रिकेट मैदानमा संचालित उक्त प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्सले बोदे बसाईनलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो ।
  •       यता शुक्रबारै सम्पन्न अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको छ ।
  • अंक तालिमा रुपनी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    राजविराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा रुपनी राइडर्स प्रवेश गरेको छ । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा पबिमाबिको क्रिकेट मैदानमा संचालित उक्त प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्सले बोदे बसाईनलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो । 
    यता शुक्रबारै सम्पन्न अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको छ । अंक तालिमा रुपनी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा भने डाक्नेश्वरी, तेश्रोमा तिलाठी कोयलाडी, चौथोमा बोदेबरसाईन र पाँचौमा सडक रहेको छ । 
    लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागनबीच हुने तथा सोही खेलका बिजेताले रुपनीसँग फाइनलमा भिड्ने छ । 
    शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले १ सय १२ रनले बोदेबरसाइनलाई पराजित गरेको छ । रुपनीले पहिलो ब्याटिङ गर्दै २७४ रनको बनाएको थियो । सो रनको लक्ष्य पछ्याउदै बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सफल भयो । 
    यस्तै पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा भेटाउको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह