बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
१७ पटक हेरिएको
Shares
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  

सारांश

  •     गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षका अहेब बिजयकान्त झाका अनुसार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्ममा बहुला कुकुरले टोकेर घाइते भई उपचार गराउन आउनेको संख्या १३ पुगेको छ ।
  • त्यसमध्ये अधिकांश बालबालिका छन् ।
  •     अस्पतालका अनुसार बहुला कुकुरको टोकाईबाट घाइते भई उपचार गराउन आउनेहरुमा राजविराजका अनुपमा खड्गा, जानकी खडगा, दुर्गीदेवी मुखिया, अक्षरत साह, साक्षि साह, गणेश चौहान, शिवा साह, सावित्रि साह छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 

    बहुला कुकुरले राजविराज नगर क्षेत्रमा शुक्रबार एकै दिन एक दर्जन भन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएको छ । घाइते हुनेहरुमा अधिकांश बालबालिका छन् । 
    गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षका अहेब बिजयकान्त झाका अनुसार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्ममा बहुला कुकुरले टोकेर घाइते भई उपचार गराउन आउनेको संख्या १३ पुगेको छ । त्यसमध्ये अधिकांश बालबालिका छन् ।
    अस्पतालका अनुसार बहुला कुकुरको टोकाईबाट घाइते भई उपचार गराउन आउनेहरुमा राजविराजका अनुपमा खड्गा, जानकी खडगा, दुर्गीदेवी मुखिया, अक्षरत साह, साक्षि साह, गणेश चौहान, शिवा साह, सावित्रि साह छन् । 
     स्थानिय बिजय साहले चार÷पाँच वटा बहुला कुकुरले बिहानैदेखी जनआन्दोलन चौक, गजेन्द्र चौक, सिरहा रोड र हटिया बजारमा आंतक मचाएको बताए । बहुला कुकुर अत्यन्त ब्यस्त बजार मानिएको हटियामा प्रवेश गरि आंतक मचाउन थालेपछि किनमेलका लागि आएका सर्वसाधारणहरुमा भागाभाग मचिएको थियो । 
    यस्तै किनमेलका लागि राजविराज आएका छिन्नमस्ता गाउँपालिकाका प्रतिक कुमार झा र कृती कुमारी झा पनि घाइते भएकी छिन् । घाइते सबैलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुका साथै आवश्यक उपचार गरिएको सो अस्पतालले जनाएको छ । 
    बहुला कुकुरले आंतक मचाउन थालेपछि राजविराज नगरपालिकाले कुकुरलाई पक्रने प्रयास थालेको राजविराज वडा नं. ७ का सदस्य रमानन्द देवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
बैशाख १ मा मात्र फुल्ने फुल हेर्न घँुइचो
बैशाख १ मा मात्र फुल्ने फुल हेर्न घँुइचो