गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी

राजविराज राजविराज
|
आइतबार, माघ १८, २०७७
|
|
६७ पटक हेरिएको
Shares
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी

सारांश

  •     सम्पन्न पहिलो खेलमा वडा नं.
  • २ लौनियाँले वडा नं.
  • ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं.

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलहरुमा वडा नं. २ लौनियाँ र वडा नं. ७ मन्सापुर विजयी भएको छ ।
    सम्पन्न पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा नं. ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. १ तिलाठीलाई २५ रनले पराजित गरेको छ ।
    पहिलो खेलमा टस जितेर ब्याटिङ गर्दै गरेको तोपाले निर्धारित १६ ओभर ४ बलमा सबै विकेट गुमाई ८३ रन बनाएको थियो । जसमा सुनिल यादवले सर्वाधिक १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । लौनियाँका लागि दिनेश कुमार मण्डल र अजय मण्डलले २÷२ विकेट लिए ।
    जितका लागि ८४ रन पछ्याएको लौनियाँ १२ ओभर ३ बलमा ४ विकेट गुमाई विजयी हालिस ग¥यो । लौनियाँका दुर्गानन्द मण्डलले सर्वाधिक २८ रन, दिनेश मण्डलले १२ तथा अभिमन्यु मण्डलले अविजित ११ रनको योगदान गरे । 
    तोपाका लागि भरत दासले २ तथा रमेश यादव र रविन मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा दिनेश मण्डललाई म्यान अफ द म्याच घोषित गरियो ।
    यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. ७ मन्सापुरले १५ ओभर २ बलमा सबै विकेट गुमाई ९५ रन बनाएको थियो । जसमा धिरज मण्डलले १९, राजाराम मण्डलले १८ तथा रोशन मण्डलले १७ रनको योगदान दिएका थिए ।
    तिलाठीका लागि मुकुन्द मोहन मिश्र र श्रवणले २÷२ तथा लक्ष्मी राय, निरज यादव र दिनेश यादवले १÷१ विकेट लिए । 
    जितको लागि ९६ रनको लक्ष्य पाएको तिलाठीले १७ ओभरमा सबै विकेट गुमाई ७० रन मात्र बनाउन सक्यो । तिलाठीका लागि लक्ष्मी रायले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले ४, सुबोध मण्डलले ३ तथा अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई म्यान अफ द म्याच घोषित गरियो । 
    प्रतियोगिता अन्तर्गत सोमबार वडा नं. ४ कोइलाडीर वडा नं. २ लौनियाँबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी