दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलहरुमा वडा नं. २ लौनियाँ र वडा नं. ७ मन्सापुर विजयी भएको छ ।
सम्पन्न पहिलो खेलमा वडा नं. २ लौनियाँले वडा नं. ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. १ तिलाठीलाई २५ रनले पराजित गरेको छ ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गर्दै गरेको तोपाले निर्धारित १६ ओभर ४ बलमा सबै विकेट गुमाई ८३ रन बनाएको थियो । जसमा सुनिल यादवले सर्वाधिक १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । लौनियाँका लागि दिनेश कुमार मण्डल र अजय मण्डलले २÷२ विकेट लिए ।
जितका लागि ८४ रन पछ्याएको लौनियाँ १२ ओभर ३ बलमा ४ विकेट गुमाई विजयी हालिस ग¥यो । लौनियाँका दुर्गानन्द मण्डलले सर्वाधिक २८ रन, दिनेश मण्डलले १२ तथा अभिमन्यु मण्डलले अविजित ११ रनको योगदान गरे ।
तोपाका लागि भरत दासले २ तथा रमेश यादव र रविन मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा दिनेश मण्डललाई म्यान अफ द म्याच घोषित गरियो ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. ७ मन्सापुरले १५ ओभर २ बलमा सबै विकेट गुमाई ९५ रन बनाएको थियो । जसमा धिरज मण्डलले १९, राजाराम मण्डलले १८ तथा रोशन मण्डलले १७ रनको योगदान दिएका थिए ।
तिलाठीका लागि मुकुन्द मोहन मिश्र र श्रवणले २÷२ तथा लक्ष्मी राय, निरज यादव र दिनेश यादवले १÷१ विकेट लिए ।
जितको लागि ९६ रनको लक्ष्य पाएको तिलाठीले १७ ओभरमा सबै विकेट गुमाई ७० रन मात्र बनाउन सक्यो । तिलाठीका लागि लक्ष्मी रायले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले ४, सुबोध मण्डलले ३ तथा अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतियोगिता अन्तर्गत सोमबार वडा नं. ४ कोइलाडीर वडा नं. २ लौनियाँबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले जानकारी दिए ।
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
सारांश
- सम्पन्न पहिलो खेलमा वडा नं.
- २ लौनियाँले वडा नं.
- ८ तोपालाई ६ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया