दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई कालो दिनको रुपमा लिँदै आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ ।
मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका कार्यक्रमहरु भईरहेका बेला लोसपाका नेता कार्यकर्ताहरुले यस दिनलाई कलो दिनको रुपमा विरोधका कार्यक्रम गरेको हो ।
टाउकोमा कालो पट्टी र हातमा कालो झण्डा लिएर राजविराजस्थित पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाड्दै संविधान दिवसलाई विरोधका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह समेत गरे ।
मोटरसाईकल र्याली समेत प्रर्दशन गरेका उनीहरुले संविधान सर्वस्विर्काय हुनु पर्ने भनी आफुहरुको शूरु देखी नै माग रहेपनि अहिले सम्म त्यस्को सुनवाई नगरिएकोले यस दिनलाई विरोेध गरेर कार्यक्रम गर्नू परेको बताएका छन् ।
संविधानमा विभेदकारी प्रावधान सच्याउनु पर्ने र त्यसका लागी संशोधन नै आवश्यक रहेको कारण आफुहरुको माग पुृरा नहुन्जेल सरकारले संविधान दिवस मनाए पनि आफुहरुले विरोध जारी राख्ने उनीहरुको भनाइ छ ।
यता सत्तारुढ गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आईतवारै संविधान दिवसका दिन विरोध कार्यक्रम गरेको छ ।
संविधानमा विभेदकारी प्रावधान राखिएकोले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गरी उनीहरुले संविधान संशोधन गरी शोषित पीडित, आदीवासी, जनजाती, दलित, मधेशी, लगायत समुदायको माग सम्बोधन गर्नु पर्ने माग गरेका छन् ।
राजविराज नगरपालिकाको सभाकक्षमा जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जसपाका कार्यकारणी समिती सदस्य मृगेन्द कुमार सिह यादव, प्रदेश सभा सदस्य मनिष सुमन, जसपाका प्रदेश सचिव दिनेश यादव लगायतले संविधानमा रहेका विभेदकारी प्रावधान हटाएर आफुहरुले अघि सारेका मागहरु सम्बोधन नगरिए सम्म विरोध जारी रहने उदघोष गरेका थिए ।
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
सारांश
- मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका कार्यक्रमहरु भईरहेका बेला लोसपाका नेता कार्यकर्ताहरुले यस दिनलाई कलो दिनको रुपमा विरोधका कार्यक्रम गरेको हो ।
- टाउकोमा कालो पट्टी र हातमा कालो झण्डा लिएर राजविराजस्थित पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाड्दै संविधान दिवसलाई विरोधका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह समेत गरे ।
- मोटरसाईकल र्याली समेत प्रर्दशन गरेका उनीहरुले संविधान सर्वस्विर्काय हुनु पर्ने भनी आफुहरुको शूरु देखी नै माग रहेपनि अहिले सम्म त्यस्को सुनवाई नगरिएकोले यस दिनलाई विरोेध गरेर कार्यक्रम गर्नू परेको बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया