बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण

राजविराज राजविराज
|
शनिबार, श्रावण ४, २०७६
|
|
७५ पटक हेरिएको
Shares
बाढीपीडितलाई ग्लोबलको सहयोग,  बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण

सारांश

  •     पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे ।
  • उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए ।
  •       राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो ।

    राजविराज÷ग्लोबल आईएमई बैंक राजविराज शाखाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बाढीपीडित ३ सय परिवारलाई राहत स्वरुप त्रिपाल र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ ।
    बाढीबाट अति प्रभावित सो गाउँपालिका वडा नं. ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारी टोलका पीडितहरुलाई शनिबार शाखा प्रबन्धक मनिष महासेठको नेतृत्वमा पुगेको टोलीले एक÷एक थान त्रिपाल र उनका सन्तानलाई कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएको हो । 


    बाढीले घर बगाउनुका साथै पीडित परिवारको सन्तानका शैक्षिक सामाग्रि पनि नष्ट गरेको पाइएकोले त्रिपालसँगै शैक्षिक सामाग्रि पनि उपलब्ध गराइएको प्रबन्धक महासेठले बताए । सामाजिक उत्तरदायित्व तथा परोपकारी काम अन्तरगत राहत उपलब्ध गराइएको भन्दै उनले प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे । 
    पीडितहरुको बस्तिमै पुगि भएको राहत बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले पनि राहत बितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकोमा बैंकपरिवारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितका लागि सहयोगी हातहरु अघि बढ्नु पर्नेमा जोड दिए । 
    राहत बितरण कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक लाल बहादुर नेगि, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझी, वडा अध्यक्ष गोपि मण्डललगायतको पनि उपस्थिति रहेको थियो । 
    अविरल वर्षापछि असार तेश्रो सातामा विभिन्न नदी खोलामा आएको बाढीका कारण सप्तरीमा ४ सय भन्दा बढी परिवार बिस्थापित बनेका छन् । ती क्षेत्रका सयौं विगहा धानखेती पनि डुवानमा परेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
अठार फरार अभियुक्त पक्राउ
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द