छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण

राजविराज राजविराज
|
बिहिबार, पौष २४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण

सारांश

  •     सामाजिक सुरक्षा भत्ता बितरण गरिनु पर्ने प्रमुख माँगसहित विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले धर्ना कार्यक्रम गर्दै आएको छ ।
  •     धर्ना कार्यक्रमकै बीच वडा नं.
  • ५ का केही बृद्धबृद्धाहरुलाई चालु आ.

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १० दिनदेखी जारि धर्ना कार्यक्रमकै बीच बिहीबार सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । 
    सामाजिक सुरक्षा भत्ता बितरण गरिनु पर्ने प्रमुख माँगसहित विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले धर्ना कार्यक्रम गर्दै आएको छ ।
    धर्ना कार्यक्रमकै बीच वडा नं. ५ का केही बृद्धबृद्धाहरुलाई चालु आ.ब.को प्रथम चौमासिक किस्ता वापतको रु. १२ हजारका दरले भत्ता बितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता पाउन बाँकी रहेकाहरुलाई पनि वडा कार्यालय मार्फत बितरण गरिने वडा अध्यक्ष शिवशंकर पण्डितले जानकारी दिएका छन् । 
    यस्तै सो गाउँपालिकाका सम्पूर्ण वडामा समेत बिहीबारैदेखी सामाजिक सुरक्षा भत्ता बितरण गरिने प्रतिबद्धता आएको संघर्ष समितिका संयोजक बिनोद कुमार यादवले बताए ।   
    यद्दपी उनले आफूहरुले उठाएका १४ बुँदे माँग मध्ये एउटा माँग मात्र सम्बोधन भएको र बाँकी माँग बारे हालसम्म गाउँपालिकाबाट कुनै प्रतिबद्धता नआएकोले धर्ना कार्यक्रम भने जारि रहने बताए । 
    यता विगत १० दिनदेखी जारि धर्नालाई बिहीबार पनि निरन्तरता दिइएको छ । बिहान १० बजेदेखी १ बजेसम्म संघर्ष समितिको अगुवाईमा धर्ना दिइने गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु