सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 

राजविराज राजविराज
|
आइतबार, आषाढ १९, २०७९
|
|
७२ पटक हेरिएको
Shares
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 

सारांश

  •     आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ ।
  •       पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो ।
  • जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १९ असार । 
    राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा सप्तरी, पर्सा र बारा प्रवेश गरेका छन । 
    आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ । 
    पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो । जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ । खेलको म्यान अफ दि म्याच रोहित सिंह घोषित भए । 
    यस्तै पर्सा र सर्लाही बिच भएको दोस्रो खेलमा टस जितेर सर्लाहीले ७ बिकेट गुमाई १ सय २० रनको योगफल खडा गरेका थिए । जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारेको हो । उक्त खेलको म्यान अफ दि म्याच पर्साका ईमरान शेख घोषित भए । 
    यस्तै बारा र रौतहटबिच भएको खेलमा टस जितेर रौतहटले ब्याटिङ गर्दै ७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफमा बाराले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि रौतहट बिजयी भयो । 
    यता रौतहटले जित हात पारेपनि रन रेटको आधारमा बारा सेमिफाईनलमा प्रवेष गरेको आयोजकले जनाएको छ । उक्त खेलको म्यान अफ दि म्याच रौतहट टिमका रंजित मुखिया घोषित भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा
विदेशमा श्रम गरेर कमाएको पैसा  ठगी भएपछि परिवारै विचल्लीमा
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध