दैनिक समाचारदाता
राजबिराज, १९ असार ।
राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा सप्तरी, पर्सा र बारा प्रवेश गरेका छन ।
आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ ।
पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो । जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ । खेलको म्यान अफ दि म्याच रोहित सिंह घोषित भए ।
यस्तै पर्सा र सर्लाही बिच भएको दोस्रो खेलमा टस जितेर सर्लाहीले ७ बिकेट गुमाई १ सय २० रनको योगफल खडा गरेका थिए । जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारेको हो । उक्त खेलको म्यान अफ दि म्याच पर्साका ईमरान शेख घोषित भए ।
यस्तै बारा र रौतहटबिच भएको खेलमा टस जितेर रौतहटले ब्याटिङ गर्दै ७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफमा बाराले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि रौतहट बिजयी भयो ।
यता रौतहटले जित हात पारेपनि रन रेटको आधारमा बारा सेमिफाईनलमा प्रवेष गरेको आयोजकले जनाएको छ । उक्त खेलको म्यान अफ दि म्याच रौतहट टिमका रंजित मुखिया घोषित भए ।
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश
सारांश
- आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ ।
- पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो ।
- जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया