आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल

राजविराज राजविराज
|
मंगलबार, श्रावण ७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल

सारांश

  •     डिजिटल नेपाल कम्पन्नीका संचालक सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ८ निवासी इन्जिनियर आदित्यराज यादव र राजविराज निवासी इन्जिनियर बसन्त गुप्ताको प्रयासका कारण आईसिटि एवार्ड २०१९ को लागी टप ५ मा पर्न सफल भएका हुन् ।
  •     यही साउन ३२ गते लिभिङ विथ आइसिटी काठमाडौको आयोजना हुन लागेको राष्ट्रिय स्तरको चौथो संस्करणको आइसिटी स्टार्टअप आइसिटी अवार्डका लागि आदित्य र बसन्तले सञ्चालन गर्दै आएको ई–डिजिटल नेपाल प्रा.
  • लि.

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
    सप्तरीका दुई युवा इन्जिनियरको सफल प्रयासबाट आइसिटी अवार्ड २०१९ को प्रतिष्पर्धामा टप फाइवमा पर्न सफल भएको छ ।
    डिजिटल नेपाल कम्पन्नीका संचालक सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ८ निवासी इन्जिनियर आदित्यराज यादव र राजविराज निवासी इन्जिनियर बसन्त गुप्ताको प्रयासका कारण आईसिटि एवार्ड २०१९ को लागी टप ५ मा पर्न सफल भएका हुन् ।
    यही साउन ३२ गते लिभिङ विथ आइसिटी काठमाडौको आयोजना हुन लागेको राष्ट्रिय स्तरको चौथो संस्करणको आइसिटी स्टार्टअप आइसिटी अवार्डका लागि आदित्य र बसन्तले सञ्चालन गर्दै आएको ई–डिजिटल नेपाल प्रा.लि. उक्त प्रतियोगितामा आफ्ना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।
    सो प्रालिले डिजिटल सूचना व्यवस्थापन प्रणालीको क्षेत्रमा नयाँ एप्प एवम् सफ्टवेयर बनाएर देशमै चर्चित सप्तरीका दुई युवा इन्जिनियरको रुपमा चिनिन्छन् । प्र्रदेश २ सरकारको महिला सुरक्षा एप्प, बेटी बचाउ बेटी पढाउ अभियान अन्तरगत  पनि सो कम्पनीले एप्प निर्माण गरेको हो । 
    देशैभरिका टप २५ बाट टप ११ तथा हाल उत्कृष्ट पाँचमा पर्न सफल भएको उनका दाजु राधेश्याम यादवले जानकारी दिएका छन् ।
    सप्तरीका यी दुई ईन्जिनियर ई–डिजिटल नेपाल प्रा. लि. नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणालीलाई कम गरी डिजिटल सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने अभियानमा सक्रिय रहेको ईन्जिनियर वसन्त गुप्ताले बताए ।
    २०७५ को वैशाखमा स्थापना भएको कम्पनीले छोटो समयमै चार सय भन्दा बढी स्कुललाई स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटलाइज गरिसकेको उनले बताए ।
    यो कम्पनी नेपालको शिक्षा पद्धतिलाई परिवर्तन गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय र सरकार सबैका लागि साझा प्लाटफर्म बन्ने प्रयासमा जुटेको छ ।
    गत वर्ष आयोजित प्रतियोगितामा स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ को उप–विजेता भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट २ लाख नगद एवम् अवार्डबाट सम्मानित गरिएको थियो ।
    सम्पुर्ण नेपालीहरू र सप्तरीवासीले यसवर्षको आइसिटी अवार्ड २०१९ मा उत्कृष्ट पाँचमा परेका उनलाई विजेता बनाउन मोबाइलबाट आइसिटी स्पेस १०१ टाइप गरी ३१००७ मा पठाएर सहयोग गरि बिजेता बनाउन सबैमा बिनम्र आग्रह गर्दै ईन्जिनियर आदित्य राज यादबले अपिल गरेका छन ।
    भोटिङ्ग प्रक्रिया साउन १६ गतेसम्म सुचारु रहने भएकोले आ–आफ्नो सुविधा अनुकुल मोबाइल तथा अनलाइनबाट ई. आदित्य र ई. बसन्तलाई भोटिङ्ग गर्न दाजु राधेश्यामले सबैमा आग्रह गरेका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ