निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश

राजविराज राजविराज
|
सोमबार, भाद्र ६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश

सारांश

  •     उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
  •       सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे ।
  • उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    २०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई राजविराज नगरपालिकाको मेयरमा निर्वाचित शम्भुप्रसाद यादव सोमबार लोसपामा प्रवेश गरेका छन् । 
    उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए । 
    सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे । उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् । 
    पार्टी प्रवेशका अवसरमा उनले आफूले राजनीति सुरु गरेको पुरानै पार्टी रोजेर घर फर्किएको प्रतिक्रिया दिएका छन् । 
    यस्तै प्रवेश गर्नेहरुमा राजविराज नगरपालिकाका निवर्तमान वडा अध्यक्ष माँगीलाल नाई र सुदर्शन सिंह पनि छन् । दुबै जना काँग्रेस पार्टी परित्याग गरि लोसपा रोजेका हुन् । यस्तै २०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट निर्वाचित वडा अध्यक्ष शम्भु यादव (लाली) र शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी लगायतले अबिर र माला लगाई स्वागत गरे । 
    २०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट राजविराज नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार भई चुनाव जितेका यादव राजपा–संघीय समाजवादी फोरम एकिकृत भई गठन भएको जसपामा थिए । जसपामा विभाजन आई लोसपा बनेपछि उनी जसपा नै रोजेका थिए । तर पछिल्लो स्थानिय तहको निर्वाचनमा आफूलाई पुनः उम्मेदवार नबनाई अर्कैलाई टिकट दिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवसँग उनको दुरी बढेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
सहिद परिवारलाई तीन लाख दिइने 
सहिद परिवारलाई तीन लाख दिइने 
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह   
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
एक सय ४७ छात्रालाई साईकल बितरण
एक सय ४७ छात्रालाई साईकल बितरण