शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा 

राजविराज राजविराज
|
आइतबार, चैत्र २२, २०८२
|
|
१७२ पटक हेरिएको
Shares
शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा 

सारांश

  • आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ देखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णय गरेको हो ।
  • बैठकले कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
  • प्रवक्ता पोखरेलका अनुसार बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२  चैत ।

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ देखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णय गरेको हो ।
बैठकले कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।
बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।
सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ भने डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
तिलाठीमा तीन घर जलेर नष्ट
तिलाठीमा तीन घर जलेर नष्ट
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 

छुटाउनुभयो कि ?