दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले संघीय ऐन लागू हुने कतिपय सवालमा चाहदा चाहदै पनी अनुकुल काम गर्न नसकिरहेको बताएका छन् ।
मंगलबार राजविराजमा कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण प्रक्रियामा सहजीकरण र न्याय सम्पादन विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले चाँडैचाँडै सरकार फेरबदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने बताउँदै यसका बावजुत पनि प्रहरी तथा निजामति सेवाको सवालमा व्यवस्थित गर्ने काम संघीय सरकारले अगाडि बढाएको जानकारी दिए ।
मन्त्रालयका सचिब उत्तम प्रसाद खरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्ष, न्यायीक समितिको पदाधिकारी लगायतको सहभागीता रहेको छ । सो कार्यक्रममा कानुन तर्जुमामा देखिएका समस्या तथा न्यायीक समितिमा बढी पर्ने गरेका विवादहरुको बारेमा समेत बृहत् छलफल गरिएको छ ।
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
सारांश
- मंगलबार राजविराजमा कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण प्रक्रियामा सहजीकरण र न्याय सम्पादन विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
- उनले चाँडैचाँडै सरकार फेरबदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने बताउँदै यसका बावजुत पनि प्रहरी तथा निजामति सेवाको सवालमा व्यवस्थित गर्ने काम संघीय सरकारले अगाडि बढाएको जानकारी दिए ।
- मन्त्रालयका सचिब उत्तम प्रसाद खरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्ष, न्यायीक समितिको पदाधिकारी लगायतको सहभागीता रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया