दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
आफ्नो माग सुनुवाइ नभएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु माघ ४ गते बिहीबारदेखी धर्ना दिने भएका छन् ।
वडा नं. २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले रामानन्द देवको संयोजकमा राजविराज नगरपालिका वडा सदस्य संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ ।
समिति गठन पश्चात् संयोजक देवद्वारा जारि विज्ञप्तिमा सात बुँदे मागसहित दिएको सात दिने अल्टिमेटम आइतबारै सम्पन्न भएपनि ती मागहरु बारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै धर्नामा उत्रनु परेको उल्लेख छ ।
जारि विज्ञप्तिमा माघ ४ गते बिहीवारदेखि सात दिनसम्म एक घण्टे विरोध स्वरुप राजविराज नगरपालिकाको परिसरमा धर्ना कार्यक्रम गर्ने निर्णय गरिएको जनाइएको छ । सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरिएको जानकारी गराइएको छ ।
यसअघि पुस २२ गते आइतबार ४४ जना वडा सदस्यहरुले जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनलाई ज्ञापन पत्र बुझाएका थिए ।
बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ ।
यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ ।
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
सारांश
- वडा नं.
- २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले रामानन्द देवको संयोजकमा राजविराज नगरपालिका वडा सदस्य संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ ।
- समिति गठन पश्चात् संयोजक देवद्वारा जारि विज्ञप्तिमा सात बुँदे मागसहित दिएको सात दिने अल्टिमेटम आइतबारै सम्पन्न भएपनि ती मागहरु बारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै धर्नामा उत्रनु परेको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया