दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
विगत लामो समयदेखी कोरोना संक्रमणका कारण बन्द रहेको नेपाल तथा भारतबीचको आवागमनलाई सहज तुल्याउन सरोकारवालाहरुले माँग गरेका छन् ।
जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको नेपाल भारत सीमा सम्वाद समूह बैचारिक गोष्ठीमा सरोकारवालाहरुले सो माँग गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतमा आयोजित गोष्ठीमा बोल्दै नेपाल भारत यूवा मैत्री संघका अध्यक्ष किशोर यादवले लामो समयसम्म भारतसँग जोडिएको बोर्डर सील हुँदा कालो बजारी बढेको र जिल्लाका जनता थप मारमा परेको बताए । उनले ती नाकाहरु अविलम्ब खोलेर आवागमन सहज बनाउनु पर्ने माँग गरेका छन् ।
यस्तै जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदाले सीमावर्ती क्षेत्रमा वारिपारी विवाहको चलन पुस्तौंदेखी रहेको बताउँदै लामो समयसम्म सीमा सील हुँदा बैवाहिक कार्यक्रम समेत प्रभावित बनेको बताए ।
राजगढ गाउँपालिकाका प्रमुख परमानन्द यादवले विगत जस्तो अहिले कोरोना महामारीको भयावह अवस्था नरहेको दाबी गर्दै अविलम्ब नाका खोल्नु पर्नेमा जोड दिए । एकातिर स्थानिय बजारमा मलखाद नपाउन र अर्कोतिर लामो समयसम्म नाका सील हुँदा भारतबाट समेत मलखाद किनेर ल्याउन नसकिएका कारण किसान सर्वाधिक मारमा परेको उनको भनाई छ ।
पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले लामो समयसम्म नाका बन्द हुँदा सर्वसाधारणले निकै सास्ती भोगिरहनु परेको गुनासो गरे । यस्तो सीलले कालोबजारी मौलाएको सर्वसाधारण निकै मारमा परेको भन्दै मञ्चमा आसिन संघीय र प्रदेश सांसदलाई यसतर्फ केन्द्रिय सरकारको ध्यानाकर्षण गराउन माँग गरे ।
कार्यक्रममा गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, इतिहास विद डा. पिताम्बरलाल यादव, जसपा नेता गजेन्द्र मण्डलका साथै भारतीय नाकासँग जोडिएका नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसमेत सहभागि भई लामो समयदेखी सील नाका आवश्यक सुरक्षा सतर्कता लगायतका व्यवस्था मिलाई अविलम्ब नाका खोल्नु पर्ने माँग गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह र प्रतिनिधिसभा सदस्यद्वय चन्द्रकान्त चौधरी र दुलारीदेवी खंगले समेत लामो समयसम्म नाका सीलका कारण जिल्लावासीले भोग्नु परेको पीडा र समस्याका बारेमा चर्चा गर्दै यस बारे सरकारको गम्भिर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
सारांश
- जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको नेपाल भारत सीमा सम्वाद समूह बैचारिक गोष्ठीमा सरोकारवालाहरुले सो माँग गरेका हुन् ।
- जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतमा आयोजित गोष्ठीमा बोल्दै नेपाल भारत यूवा मैत्री संघका अध्यक्ष किशोर यादवले लामो समयसम्म भारतसँग जोडिएको बोर्डर सील हुँदा कालो बजारी बढेको र जिल्लाका जनता थप मारमा परेको बताए ।
- उनले ती नाकाहरु अविलम्ब खोलेर आवागमन सहज बनाउनु पर्ने माँग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया