राजविराज÷आठ वर्षपछी राजविराजमा सप्तरी महोत्सव हुँदैछ । उद्योग बाणिज्य संघ सप्तरीको आयोजनामा असोज २२ गदेखी सो महोत्सव हुँदैछ ।
पछिल्लो पटक २०६८ सालमा प्रथम र २०७४ सालमा दोश्रो सप्तरी महोत्सवको आयोजना भएको थियो ।
जिल्लाको उद्योग, पर्यटन, व्यापार, व्यवसाय र स्थानीय बस्तुको प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको महोत्सव आठ वर्षपछी आयोजना गर्न सप्तरी उद्योग बाणिज्य संघ जुर्मुराएका हो ।
शनिबार सप्तरी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि यस पटक “सप्तरीको विकास हाम्रो प्रतिबद्धता” नाराका साथ आगामी असोज २२ देखी संचालन हुने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आर्थिक मन्दी, कोरोना लगायत विभिन्न कारणले रोकिएको महोत्सव पुनः असोज २२ देखी कात्तिक ६ गतेसम्म भब्य र सभ्य ढंगले संचालन गर्ने गरि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए ।
आर्थिक मन्दीका कारण समस्या झेलिरहेका सप्तरीका व्यापार, व्यवसाय र कलकारखानाको अवस्था उकास्न, स्थानीय स्तरका उत्पादनको बजारीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा पर्यटन विकास र जिल्लाको आर्थिक सम्बृद्धिका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।
स्थानीय राजरंगशाला खेल मैदानमा आयोजना हुने महोत्सवमा आवश्यक सुविधासहित कृषि उत्पादन, उपकरण, हस्तकला, दुधजन्य परिकार र विभिन्न जाति समुदायका फुडका गरि कुल १ सय ७० वटा स्टल रहने छन् ।
महोत्सवमा कलासंस्कृति झल्कने कार्यक्रम एवं बस्तुको प्रदर्शनी समेत हुने छ । १० करोड रुँपैया बराबरको कारोबार गर्ने लक्ष्यका साथ सुरु हुने महोत्सव अवधीभर करिब ४ लाख भन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्न आउने अनुमान गरिएको अधयक्ष अग्रवालले बताए ।
पत्रकार सम्मेलनमा संघका महासचिव अमृत संचेतीले ओझोलमा परेका सप्तरीको पर्यटक स्थलहरुको प्रचार र प्रसारका लागि पनि महोत्सवको आयोजन ागर्न लागिएको बताए ।
महोत्सवमा प्रवेश शुल्क १ सय देखी ३ सय रुँपैयासम्म हुने तथा प्रत्येक प्रवेश शुल्क टिकटमा कुनै न कुनै उपहार प्रदान गरिने उनले बताए । उनले महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारका सथै मित्रराष्ट्र भारतका समेत चर्चित कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने जानकारी दिए ।
महोत्सवको सहआयोजकमा जिल्लाका १८ वटै पालिका तथा सहयोगि संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ सप्तरी, सबै राजनैतिक दल र संघसंस्था रहेका छन् ।
यस्तै प्रवद्र्धकका रुपमा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय र प्रदेश कार्यालय रहेको आयोजक सप्तरी उद्योग बाणिज्य संघले जनाएको छ ।
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
सारांश
- शनिबार सप्तरी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि यस पटक “सप्तरीको विकास हाम्रो प्रतिबद्धता” नाराका साथ आगामी असोज २२ देखी संचालन हुने जानकारी गराएको छ ।
- पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आर्थिक मन्दी, कोरोना लगायत विभिन्न कारणले रोकिएको महोत्सव पुनः असोज २२ देखी कात्तिक ६ गतेसम्म भब्य र सभ्य ढंगले संचालन गर्ने गरि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए ।
- आर्थिक मन्दीका कारण समस्या झेलिरहेका सप्तरीका व्यापार, व्यवसाय र कलकारखानाको अवस्था उकास्न, स्थानीय स्तरका उत्पादनको बजारीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा पर्यटन विकास र जिल्लाको आर्थिक सम्बृद्धिका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया