सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 

राजविराज राजविराज
|
शनिबार, मंसिर २५, २०७८
|
|
४० पटक हेरिएको
Shares
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 

सारांश

  •     ८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १ विकेटको क्षतिमै १४दशमलब २ ओभरमा लक्ष्य प्राप्त गरेको थियो ।
  • जसमा सिरहाका लागी अनुराधा चौधरीले अविजित खेल्दै ३१ रन जोडे भने सरस्वति चौधरीले अविजित १२ रन जोडिन् ।
  • बलिङतर्फ बाराका कुनै पनि बलरले बिकेट हात पारेनन् भने एक जना रनआउट भएका थिए ।

    राजविराज÷राजविराजमा संचालित प्रदेश २ स्तरिय प्रधानमन्त्री कप टि–ट्वान्टी महिला क्रिकेट छनौट प्रतियोगिताको उपाधी सिरहाले हात पारेको छ । 
    राजविराजस्थित राजरंगशालामा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सिरहाले बारालाई ९ विकेटले हराउँदै उपाधी हात पारेको हो । 
    टस जितेर पहिलो ब्याटिङ रोजेको बाराले ५ विकेटको क्षतिमा ८२ रन मात्र जोड्न सफल भयो । जसमा बाराकी प्रतिमा साहले ३१, रचना अर्यालले १६ तथा साना प्रविण १४ रन जोडेका थिए । बलिङतर्फ सिराहाकी संतोषी चौधरी, सरस्वती चौधरी, अनुराधा चौधरीले १÷१ बिकेट हात पारेकी थिइन् । 
    ८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १ विकेटको क्षतिमै १४दशमलब २ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । जसमा सिरहाका लागी अनुराधा चौधरीले अविजित खेल्दै ३१ रन जोडे भने सरस्वति चौधरीले अविजित १२ रन जोडिन् । बलिङतर्फ बाराका कुनै पनि बलरले बिकेट हात पारेनन् भने एक जना रनआउट भएका थिए ।
    सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबको अध्यक्षतामा आयोजित फाईनल समारोहमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, प्रदेश २ क्रिकेट संघ उपाध्यक्ष सुनिल महासेठ, प्रदेश २ क्रिकेट खेलाडी छनोट समितिका संयोजक मरतुजा हवारी, सदस्य अनिल शर्मा लगायतले फाईनल बिजेता सिरहा र उपबिजेता बारा टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
    प्रतियोगिताको बेस्ट बलर महोत्तरीकी रोजि खत्री, बेस्ट ब्याट्सम्यान बाराकी प्रतिमा साह र प्लेयर अफ दि सिरिज सिरहाकी आरती चौधरी घोषित भइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन