सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना

राजविराज राजविराज
|
शुक्रबार, पौष १६, २०७८
|
|
४३ पटक हेरिएको
Shares
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना

सारांश

  •     नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व शुक्रबार राजविराजमा बार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
  •     इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा सो अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भएको जनाइएको छ ।
  •       यस्तै आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
    सप्तरीमा सन् २०२१ को अवधीमा आठ वटा हत्यासहित ९४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको प्रतिवेदन प्रस्तुत गरिएको छ । 
    नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व शुक्रबार राजविराजमा बार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
    इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा सो अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भएको जनाइएको छ । 
    यस्तै आत्महत्या दुरुत्साहनका तीन घटनाका आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् । बाल यौन दुव्र्यवहारमा ९ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भएकी प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही वर्ष ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा रहेको जनाइएको छ ।     
    महिला बलात्कारका ९ घटनामा १८ माथि ३० वर्षीयासम्मका ९ महिला पीडित भएकी छिन । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय ९ जना आरोपितहरु छन् । जसमा १ जना थुनामा, २ जना जिम्माजमानीमा र ३ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने ३ जना फरार छन् । 
    महिला बलात्कार प्रयासका ९ घटनामा २० देखि ३१ वर्षीया महिला पीडित भइन् । यसमा २१ देखि ५० वर्षीय १३ जना आरोपित रहेका छन् । दुई ओटा उजुरी अनुसन्धानका क्रममा छ । बाँकी ७ घटनामध्ये १ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा र ३ जना फरार रहेका छन् । यौन दुव्यर्वहारका २ घटनामा पीडितले उजुरी फिर्ता लिइन् ।  
    बहुविवाहको ९ घटनामा २१ देखि ४६ वर्षीया महिला पीडित बनेकी छिन । आरोपितमध्ये ६ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो भने २ जना फरार छन् । 
    बालविवाहका १ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने २  बालविवाहको आरोपित १० मध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा, १ जनाविरुद्ध पक्राउ पुर्जी, ५ जनाविरुद्ध म्यादी पुर्जी र ३ जना फरार छन् । १४ वर्षीया १ बालिका अपहरणको आरोपमा १ जना आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
    मानव वेचविखनको १, अपहरणको ३, गैरकानुनी थुनाको १, अमानविय व्यवहारको १, घरेलु हिंसाको ६ घटना अभिलेख गरिएको छ । कुटपिट÷दुव्र्यवहारको ६ घटनामा घाइते हुनेमा ४ कर्मचारी, १ शिक्षक, १ डाक्टर, १ सर्वसाधारण रहेका छन् । 
    इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित गोष्ठिमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्रेस्तेदार कुमार मास्के, एसपी अबिनारायण काफ्ले, सशस्त्र एसपी राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाह, जिल्ला न्याधिवक्ता मोहम्मद मुन्ना, सेनानी कर्मेन्द्रसिंह भाट, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, सामुदायिक सेवा केन्द्र अध्यक्ष हितनारायण लाल दास, राजविराज उच्च अदालत बार एशोसिएसन अध्यक्ष भरत यादव, सप्तरी जिल्ला बार एशोसिएसन अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण देव, मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह, प्याब्सन सचिव संजय शर्मा, अधिवक्ताहरु मीना देव, मनु खनाल, पार्वती जोशी थारु, दानो चौधरीले धारणा राखेका थिए । 
    कार्यक्रममा कारागार कार्यालयका सन्दिप देब, समावेशी अपाङ्ग संघका अशोककुमार यादव, कानुन व्यवसायी उमाशंकर देव, पत्रकार दिनानाथ यादव, मैथिली महिला परिषदकी प्रतिमा देव, उमेश मेहतरलगायतको सहभागिता रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
किवानिजको क्लब राजविराजमा सूचारु 
किवानिजको क्लब राजविराजमा सूचारु 
महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित
महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?